काठमाडौं- नेपाली कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको समयावधि सकिएपछि ती संगठनमा नेतृत्व छान्न सकिएको छैन।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा भातृ संस्था गठन तथा पूर्णताको विषयले बुधबारबाट प्रवेश पाउने भएको छ।
असार २२ को केन्द्रीय समितिको बैठकमा महामन्त्री पूर्ण बहादुर खड्काले पेश गरेका १४ प्रस्ताव माथि छलफल हुने क्रममा भातृ ÷ शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्न बुधबारदेखि छलफल सुरु हुने भएको हो। अवधि समाप्त भएका भातृ तथा शुभेच्छुक संस्था आधा दर्जन बढी छन्। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने बैठकमा यो विषयले प्रवेश पाउन लागेको हो।
कांग्रेस निकट नेविसंघ गत माघदेखि नेतृत्वविहीन छ।
सबैभन्दा बढी विवाद रहेको नेविसंघको नेतृत्व तोक्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवा आफैंले लिएका छन् । केन्द्रीय समितिको बैठकपछि देउवाले नेविसंघको नेतृत्व तोक्ने सम्भावना रहेको बताइएको छ ।
नेविसंघ नेतृत्वमा संस्थापन पक्षबाट ऋषिकेशजंग शाह, राजीव ढुंगाना, सरोज थापा, प्रेमराज जोशीसहितका नेताहरु तथा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहबाट मनोजमणि आचार्य, कुन्दन काफ्ले, दीपक भट्टराईलगायत आकांक्षी छन्।
कांग्रेसको केन्द्रीय समितिको बैठक असार तेस्रो सातादेखि जारी छ ।
बैठकमा पार्टीको १४ औं महाधिवेशन, अन्तरिम संरचना गठन, दोस्रो चरणको राष्ट्रिय जागरण अभियान, एकतामा आएको विजयकुमार गच्छदार समूहलाई जिम्मेवारी बाँडफाँटलगायतका विषयमा पनि सुरु हुने बताइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस