कालिकाेट-जिल्लाको तिलागुफा नगरपालिका–७ छाप्रेमा सोमवार राती गएको पहिरोका कारण १८ घर बिस्थापित भएका छन् ।
अविरल बर्षासँगै सोमवार राति ७ वजेतिर गाँउमाथिबाट खसेको पहिरो गाँउमा पसेपछि स्थानियबासीको भागाभाग भएको छ ।
तिलागुफा नगरपालिकाको वडा नम्वर ६, ७ र ८ का तीन वटा बस्ती पहिरोको जोखिममा परेका छन् । तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले पहिरोका कारण छाप्रे, ढाँडगाँउका १८ घरका एक सय ५० जना विस्तापित भएको जानकारी दिए । प्रहरीले २२ वटा घर जोखिममा रहेको जनाएको छ ।
पहिरोले ९३ लाख रुपैयाँभन्दा वढीको क्षति भएको प्रहरीको अनुमान छ । नगरप्रमुखका शाहीका अनुसार पहिरो अहिले पनि बगिरहेको छ । पहिरोले डाँढ गाँउका दुई घर पुरेको छ । पहिरोले कर्णाली राजमार्ग अन्तरगतको सुर्खेत जुम्ला सडकखण्ड पनि अबरुद्ध भएको छ ।
कर्णाली राजमार्गमा गुड्ने सवारी साधनहरु बीच बाटोमै अलपत्र छन् । जुम्ला, मुगुबाट सुर्खेततर्फ र सुर्खेतबाट जुम्ला मुगुतर्फ जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
अवरुद्ध सडक खुलाउन ४ दिन लाग्ने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौड्यालले बताए। पहिरो खसेको क्षेत्रमा उद्धारका लागि जिल्लाका तीन वटै सुरक्षा निकाय खटिएका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलीयाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका डिएसपी दिलप्रसाद भट्टको नेतृत्वमा सशस्त्र प्रहरी र नेपाली सेना पहिरो स्थलमा खटिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस