पाँचथर- पाँचथरको सदरमुकाम फिदिममा साहित्यकार भूपिनको उपन्यास मैदारो माथि विमर्श कार्यक्रम भएको छ ।
कवि निबन्धकारको रुपमा आफुलाई चिनाई सकेका भूपिनको यो पहिलो उपन्यास कृति हो । समाजमा अमानविय विभेदको रुपमा रहेको दलित जातिहरुसंगको छुवाछुत दलहनको पिडा अभिव्यक्त भएको यो कृति माथि साहित्यकारहरु प्रकाश थाम्सुहाङ,धर्मेन्द्र नेम्वाङ र प्रेम ओझाले परिचर्चा गरेका थिए ।
सोमवार नौलो साहित्य विहान प्रतिष्ठान र पाँचथर गजल मञ्चले संयोजन गरेको विमर्श कार्यक्रममा नौसाविका अध्यक्ष राम उपाध्यायले स्वागत गरेका थिए ।
विमर्श कार्यक्रमका वक्ताहरुले उपन्यासको भाषिक क्षमताको चर्चा गरेका थिए । अनेकन बिम्ब र प्रतिकको प्रयोगले उपन्यास शक्तिशालि भएको कार्यक्रममा चर्चा गरीएको थियो । वक्ताहरुले उपन्यासकारको रुपमा भूपिन सफल रहेको बताएको थियो । आञ्चलिक लोककथा र मिथकको प्रयोगले उपन्यास अझ सुनौलो भएको चर्चा गरीएको थियो ।
कार्यक्रममा वोल्दै उपन्यासकार भूपिनले आञ्चलिकताका प्रयोग गरी आफूले उपन्यास मार्फत सामाजिक यथार्थवाद र स्थानीय विषयलाई स्थापित गर्न खोजेको बताए ।
उपन्यासले नेपाल र भारतमा सदियौ देखि जरा गाडेर बसेको जातिय छुवाछुत र विभेदसँग सम्बन्धित विषयवस्तुलाई अँधेरी गाउँको कथा मार्फत समट्ने प्रयास गरेको छ ।
समग्रमा कृति पठनीय सलल बगेको छ । जीवन, कला, प्रेम, समाज र आञ्चलिकताको कथा मैदारो भएको विमर्श कार्यक्रममा चर्चा गरीएको छ ।
कार्यक्रममा संविधान सभाका सदस्य तथा पूर्व मन्त्री श्रीप्रसाद जवेगु सहित जिल्लाका साहित्यकारहरुको सहभागीता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस