यासोक-तेह्रथुम म्याङ्लुङ बजारमा भाद्र ६ र ७ गते कृष्ण अष्ठमी लाखे जात्रामा बृहत धान नाच कार्यक्रम सम्पन्न भएको छ ।
उक्त लाखे जात्राको अबसरमा धान नाच प्रतियोगिता भएको सो कार्यक्रममा पाँचथर, इलाम , झापा , सुनसरी अनि तेह्रथुमका सुङ्नाम र छथरबाट प्रतियोगीहरु समाबेश भएका थिए ।
उक्त धाननाच प्रतियोगितामा पाचथर इलाम झापा र सुनसरीको सङ्युक्त टोलि प्रथम भएको थियो भने तेह्रथुम सुङ्नामका लखन लिम्बूको टोलि दोस्रो र छथरका थानहाङ तिगेलाको टोली तृतीय भएका थिए ।
म्याङ्लुङ नगरपालिकाका मेयर सन्जय तुम्बाहाम्फेले पालाम गाएर कार्यक्रमको उद्घाटन गर्नु भएको धाननाच प्रतियोगितात्मक कार्यक्रममा प्र,जि,अ, चन्द्रकला ओली डिएसपी टेकबहादुर कार्की सेनानी मेजर धन राना वडा न,१० का वडा अध्यक्ष होमबहादुर खापुङ समेत उपस्थिति रहेको थियो ।
धान नाच्ने क्रममा डिएसपी टेकबहादुर कार्की र मेन्छ्यायेम एफएमका स्टेशन प्रमुख मनोज तेयुङ्ले धान नाच सस्कृती अति राम्रो भएको तर नया पुस्ताले खासै ध्यान नदिएकोमा चिन्ता व्यक्त गरे ।
पाचथरबाट पदम दुखी सम्बाहाम्फे इलामबाट टुपेन्द्र एक्क्तेन झापाबाट कमला लिम्बू र सुनसरीका ललिता केदेमले धान नाच टोलि नेतृत्व गरेका बिजयी सहभागीलाई म्याङ्लुङ नगरपालिकाले नगद पुरस्कारद्वारा सम्मान गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस