पोखरा- पोखरा महानगरपालिका वडा नम्बर २० मौजामा रहेको हिमालय माविको प्रावि शाखाको भवन पहिरोका कारण क्षती पुगेको छ । गत साता आएको अविरल वर्षाका कारण विद्यालयको तल्लो भेगमा पहिरो जांदा विद्यालय संगै सामुदायिक भवन सहभागीतामुलक प्रविधी विकास उद्यान केन्द्र समेतमा क्षती पुगेको हो ।
मौजा बिकास कोष हल्याणका जुम गुरुङको नेतृत्वमा २०६१ सालमा निर्माण सम्पन्न भइ विद्यालयलाई सामुदायिक भवनको रुपमा प्रयोग गर्न हस्तान्तरण गरिएको सामुदायिक भवन समेत पूर्ण रुपमा क्षती भएको विद्यालयका प्रध्यानाध्यापक मणिराज परियारले जानकारी दिए ।
वर्षा संगै आएको पहिरोका कारण २०२८ सालमा निर्माण भएको ६ कोठे भवन समेत पूर्ण रुपमा क्षती भएको र अहिले पनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरोले विद्यालय र सामुदायिक भवननै बगाएर लैजाने होकी भन्नेमा आफुहरु चिन्तित रहको समेत परियारले बताए ।
विद्यालयमा क्षती पुगेपछि त्यहा अध्ययनरत २५ जना विद्यार्थीलाई हिमालय मावि मौजामा स्थानान्तरण गरिएको छ । पहिरोका कारण विद्यालय र सामुदायिक भवन संगै मौजा हुदै घ्यापु जाने कच्ची सडक समेत भासिदा स्थानियहरुलाई अवतजावतमा समेत समस्या परेको पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले बताए । वडा अध्यक्ष गुरुङ शुक्रबार मात्रै पहिरोको निरीक्षण गर्न उक्त क्षेत्रमा पुगेका थिए ।
पहिरोको अवलोकन पश्चात गुरुङले आफ्नो तर्फबाट र महानगर संगै सम्बन्धित निकायलाई पहिरोको क्षतीको बारेमा जानकारी गराउने वताएका थिए । ग्रामीण भेगमा रहेको विद्यालय भवन पहिरोका कारण क्षती भइ भएको र सडक समेत पहिरोले लगेका कारण आफु निकै चिन्तित बनेको बताउदै अध्यक्ष गुरुङले यसवारेमा तत्काल सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराउने बताएका हुन ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सुवेदार होम बहादुर गुरुङ, समाजसेवी जमदार नन्दवहादुर गुरुङ, विद्यालयका जग्गादाता इन्द्र प्रसाद पोख्रेल, पोखरा महानगरपालिका वडा नम्बर २० का प्राविधीक महेन्द्र भट्टराई लगायतले पहिरोको अवलोकन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस