काठमाडौँ- गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले मुलुक समृद्ध बन्नका लागि उत्पादनमा जोड दिनुपर्ने बताएका छन ।
पोखरामा शनिबार आयोजित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभामा बोल्दै अर्थमन्त्रीले यस्तो अभिब्यक्ति प्रस्तुत गरेका हुन ।
उनले व्यवसायिक रुपमा उत्पादनमा लगानी गर्न नसकेको बताउदै घर र जग्गालाई मात्र सम्पत्तिको रुपमा बुझ्नु हरेक ब्यवसायीको भ्रम रहेको टिप्पणी गरे ।
समृद्ध मुलुकको उदाहरण दिदै मन्त्री गुरुङले सम्पत्तिको रुपमा पुँजी र निरन्तर आम्दानी तथा उत्पादन दिने बस्तुका कारण मुलुक समृद्ध बन्ने भएकारले सम्पत्ति मानिने बताए ।
नेपालमा आफुले चढेका गाडी, बंगला तथा जग्गालाई सम्पत्तिको रुपमा मानिने मनोवृत्तिका कारण मुलुक समृद्ध बन्न नसकेको समेत बताउदै उत्पादनमुखी व्यवसायमा जोड दिनुपर्ने तर्क राखे । पहिले १०० रुपैया हात पर्ने जग्गालाई अहिले बजार बिकासको कारणले लाखौ पर्छन होला, उनले भने ‘ब्यक्तिगत रुपमा केही सम्पन्न देखिएपनि उत्पादनको सवालमा मुलुकलाई आर्थिक रुपबाट समृद्ध बनाउनमा कुनै सहयोग पुग्दैन । मुलुक समृद्ध बन्दैन ।’
उनले मुलुकलाई समृद्ध बनाउनका लागि उत्पादनमुलक क्षेत्र र व्यवसायमा लगानी गर्नेपर्ने धारणा राखे ।
उनले बिभिन्न बित्तिय संस्था तथा बैङ्कहरुले अनेक थरीका प्याकेजका नाममा महिना दिनको फरक पार्दै ब्याजदरमा बृद्धि गरेको टिप्पणी गर्दै व्यावसायीहरु मारमा परेको बताए । ‘बित्तिय संस्थाले निर्धारण गरेको ब्याजदरमा स्थायित्व हुनुपर्छ, उनले भने ‘तब मात्र निरन्तर उत्पादन दिने व्यावसायमा सहजै लगानी गर्ने वातावरण सिर्जना हुन्छ । मुलुकलाई समृद्ध बन्न टेवा पुग्छ ।’ मन्त्री गुरुङले चर्काे ब्याजदरका कारण कतिपय उत्पादनमूखी व्यावसायीहरु धारासाही बनेको भन्दै व्यवसाय टिक्न नसकेको उल्लेख गरे ।
मन्त्री गुरुङले फरक प्रसंगमा बोल्दै राजनैतिक परिवर्तन भैसकेको बताउदै अहिले मुलुकले आर्थिक परिवर्तन खोजेको भन्दै त्यसतर्फ सम्बन्धित पक्षको ध्यान जान आवश्यक रहेको उल्लेख गरे । ‘आर्थिक समृद्धिको केही समयपछि बल्ल सांस्कृतिक परिवर्तन हुन्छ ।’ मन्त्री गुरुङले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस