काठमाडौं- चिसो होस् वा गर्मी, जुनसुकै मौसममा पनि छालाको हेरचाह गर्न आवश्यक हुन्छ । छालाको हेरचाह गर्न विभिन्न उपाय अपनाउन सकिन्छ । यसमध्ये एक हो, खानपान ।
चिकित्सकका अनुसार खानपानबाट पनि छाला स्वस्थ राख्न सकिन्छ । यसका लागि फलफूल र हरियो सागपात खानुपर्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार गर्मीमा यी खानेकुरा खाएर छाला स्वस्थ राख्न सकिन्छ ।
अन्डा
अण्डाको सेतो भागमा प्रोटिन तथा एल्ब्युमिन पाइन्छ । नियमित अण्डा सेवन गरे छालामा दाग तथा धब्बा आउँदैन । यस्तै, अण्डाको सेतो भागमा पाइने भिटामिन र मिनरलले छालालाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।
गाँजर
गाँजरमा भरपूर मात्रामा भिटामिन ‘ए’ पाइन्छ । यससँगै गाँजरको नियमित उपभोगबाट रगत सफा राख्न मद्दत पुग्छ । र, छालामा निखार आउँछ ।
बदाम
बदाममा प्रोटिन, भिटामिन र मिनरल्स पाइन्छ । त्यसकारण यसको नियमित सेवनले छाला स्वस्थ राख्न मद्दत पुग्छ । यो स्मरण शक्ति बढाउने ‘रामबाण’ नै मानिन्छ ।
बदामको दूध स्वास्थ्यको लागि निकै फाइदाजनक मानिएको छ । यसको दूधले शरीरमा सुगर लेबललाई नियन्त्रण गर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस