काठमाडौं- सरकारले एकैपटक करिब ८० जना वरिष्ठ सहसचिवको सरुवा गरेको छ। उनीहरूलाई प्रदेशका कार्यालयमा सरुवा गरिएको हो।
चालु आर्थिक वर्षभित्रमा सचिवमा बढुवा हुने वा उमेर हदका कारण अनिवार्य अवकाश पाउनेबाहेक प्रशासन र प्राविधिक दुवै समूहका सहसचिवलाई प्रदेशमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ। तर उनीहरूलाई पत्र भने दिइएको छैन।
सरुवा भई जाने स्थान पनि तय भइसकेको र पत्र दिन मात्रै बाँकी रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ।
प्रशासन तर्फका मात्रै ५० जनाभन्दा बढी सहसचिव सरुवामा परेका छन् भने बाँकी प्राविधिक सेवातर्फका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गर्नुअघि नै वरिष्ठ सहसचिवहरूको सरुवा गरिएको हो।
बिहीबार प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस