१३ औं दक्षिण एसियाली खेलकुद (ससाग) हुनेमा शंका छैन ः खेलकुद मन्त्री विश्वकर्मा
पोखरा ।
यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) हुने कुरामा कुनै शंका नभएको बताएका छन ।
विशेष कार्यक्रमका लागि पोखरा आएका मन्त्री विश्वकर्माले पत्रकारहरु संगको भेटघाटमा भने–‘साग लक्षित पूर्वाधारहरुको जसरी तिव्र गतिमा काम भएको छ, यहि हेर्दा समेत हामीले अव साग हुन्नकी भनेर शंका उपशंका गर्ने ठाउँनै छैन ।’ सागलाई भव्य र व्यवस्थित रुपमा आयोजना गर्ने दिशा तर्फ अगाडी वढ्न समेत उनले सबैलाई आग्रह गरे ।
देशको प्रतिष्ठा र गरिमा संग जोडिएको साग आयोजना गर्ने जुन अभिभारा नेपालले प्राप्त गरेको छ अव पनि शंका राखेर अगाडी बढ्दा प्राप्त भएको दायित्व पुरा हुन नसक्ने तर्फ मन्त्रि विश्वकर्माले इंगित गर्दै भने–‘साग भनिएकै मितीमा हुन्छ अब कुनै शंका नगरौ ।’
महिला क्रिकेटको समेत पोखरा आयोजना गर्ने गरि तयारी भइरहेको मन्त्रि विश्वकर्माले जानकारी दिए । पोखरामा आयोजना हुने प्याराग्लाइडिङका लागि आवश्यक पूर्वाधार समेत समयमा पुरा हुने उनले बताए । सागको महिला फुटबल आयोजना हुने पोखरा फुटबल स्टेडियमका बारेमा सोधिएको प्रश्नमा मन्त्री विश्वकर्माले सागका पूर्वाधारहरुको काम समामन्तर रुपमा अघि बढिरहेको र कात्र्तिक १५ गतेको समय सिमा भित्रै सकिने बताए ।
मन्त्री विश्वकर्माले सागका लागि आवश्यक बजेट समेत आउने क्रम रहेकोले बजेट बारे कुनै चिन्ता नर्गन आग्रह गरे । क्षेत्रिय तथा जिल्ला खेलकुद कार्यालयका प्रमुख र प्राविधिकहरुलाई निर्देशन दिंदै कामलाई बाँडफाँड गरि तिव्रता दिन निर्देशन समेत दिए । उनले एक फरक प्रशंगमा क्षेत्रिय र जिल्ला खेलकुदको नेतृत्व नयाँ कानुन पारित भएर आए पछि पूर्णता हुने बताए ।
मन्त्री विश्वकर्माले पोखरामा साग लक्षित विभिन्न पूर्वाधारहरुको निरिक्षण गरि आवश्यक निर्देशन समेत दिएका थिए । पोखरा रंगशालमा नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा साग उच्चस्तरिय समितीका सदस्य तेज गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका अध्यक्ष सम्पन्न श्रेष्ठ लगाएतले निर्माण भइरहेका पूर्वाधारहरु बारे जानकारी दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस