काठमाडौं- रवि लामिछानेकि पत्नी निकिता पौडेलले चितवनका एसपी दानबहादुर मल्लसहित ३ जना विरुद्ध दिएको किटानी जाहेरी काठमाडौं महानगरिय प्रहरी परिसरले लिन अस्वीकार गरेपछि सरकारी वकिल कार्यालय बबरमहलले जाहेर बुझेको छ।
बुधबार दिउँसो साढे १ बजेतिर निकिता र रवि लामिछानेका दाइ हरिशरण लामिछाने वकिल सहित परिसरको कार्यालय टेकुमा पुगेका थिए। तर प्रहरीले आफ्नो क्षेत्राधिकार नभएको भन्दै जाहेरी दरखास्त दर्ता गर्न अस्वीकार गरेको थियो।
त्यसपछि बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुगेका उनीहरुले सह न्यायाधिवक्ता चन्द्रकान्त खनाललाई बुझाएर फर्केका छन्।
पौडेलका वकिल राजेन्द्र सेढाइले भने, ‘हामीले सरकारी कार्यालयका कार्यालय प्रमुख चन्द्रकान्त खनाललाई जाहेरी बुझाएका छौं, तर आज दर्ता भइसकेको छैन उहाँले जाहेरी कहाँ पुर्याउनु पर्ने हो तत तत स्थानमा पुर्याउने बताउनु भएको छ।’
रवि लामिछानेकी श्रीमतिले दानबहादुर मल्ल र किशोर श्रेष्ठसहित ३ जनाविरुद्ध किर्ते गरेको भन्दै उजुरी दिइन्।
सेढाइका अनुसार चितवन जिल्लाका एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध किटानी जाहेरी दिइएको हो ।
जाहेरीमा सरकारी अभिलेखमा भएको भिडियो सार्वजनिक भएको र कीर्ते गरेको जाहेरीमा उल्लेख छ ।
सेढाइका अनुसार मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ र २७७ बमोजिम जाहेरी दिइएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस