काठमाडौं – एजुकेशन कन्सलटेन्सीका नाममा म्यानपावरको काम गर्ने कम्पनीको संख्या बढेसँगै वैदेशिक रोजगार विभागले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको संकेत दिएको छ ।
विभागले एजुकेशन कन्सलटेन्सीका नाममा म्यानपावर चलाउने कम्पनीमा छापा मार्ने क्रमलाई बढाएको छ ।
विभागले छापा मार्न थालेसँगै औपचारिक तथा अनौपचारिक रुपमा उजुरी गर्नेको संख्या बढेको महादिर्नेशक डा. भिष्म प्रसाद भुसालले भने ।
उनले भने, ‘अहिले उजुरीहरु आइरहेका छन्, तर हामीले अझै बलियो प्रमाण खोजिरहेका छौं, सकेसम्म हामी त्यो क्षेत्रमा प्रवेश नगरौंनै भन्ने हो तर बैदेशिक रोजगार सम्बन्धि कुनै पनि प्रमाण भेटियो भने हामी छाड्दैनौ ।’
विभागमा अहिले शैक्षिक परामर्श संस्थाहरुले गर्ने विज्ञापनका उजुरीहरु बढी देखिएका छन् । ‘उहाँहरुसँग केही छ र त विज्ञापन गर्नुहुन्छ, यद्यपि हामी अहिले प्रमाण संकलन गरिरहेका छौं’ उनले भने ।
उनका अनुसार शैक्षिक परामर्श संस्थाहरुलाई जुन क्षेत्राधिकार छ त्यसैमा मात्रै सीमित हुनुपर्छ, त्यसभन्दा बाहिर जानु हुँदैन । यदि त्यसो भएको अवस्थामा कारबाही गरिने उनले बताए ।
यसका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरी काम गर्ने उनको भनाइ छ । ‘सहकार्य सुरु भइसकेको छ, छलफल भइरहेको छ’ उनले भने ।
‘एजुकेशन कन्सलटेन्सीका नाममा कार्यालय खोल्ने तर काम अर्कौ हुन्छ भने त्यो सरासर गलत छ, त्यसले म्यानपावर र एजुकेशन कन्सलटेन्सीबीचको सीमांकन जरुरी छ ।’
पछिल्लो समय शैक्षिक परामर्शका नाममा वैदेशिक रोजगारीका लागि पठाउने भन्दै मानिसहरु ठगीमा पर्न थालेसँगै विभागले चासो देखाएको हो ।
विभागले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)सँग पनि छलफल अगाडि बढाएको छ । मंगलबारमात्रै इक्यानका तीन जना प्रतिनिधि विभाग पुगेर चासो व्यक्त गरेका थिए । जसमा इक्यानले विभागलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको भुसालले जानकारी दिए ।
उनले भने, ‘उहाँ भेट गर्न आउनु भएको थियो, सक्दो सहयोग गर्छौ भन्नु भएको छ ।’
भुसालले जुन उद्देश्यका लागि कम्पनी खोलिएको हो सोही काम गर्न गर्नका लागि एजुकेशन कन्सलटेन्सलाई सुझाव दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस