काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहको गतिविधिबारे छलफल भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा मुलुकको राजनीतिलाई अस्थिर बनाउन पूर्वराजा र विप्लव समूहले चलखेल गरेको भन्दै त्यसप्रति सचेत हुनुपर्ने विषयमा नेताहरुले छलफल गरेका हुन् ।
राज्यलाई कमजोर पार्ने तथा व्यवस्था नै उल्ट्याउने गरी ‘दक्षिणपन्थीबाट षड्यन्त्र’ तथा ‘उग्रवामपन्थीबाट प्रहार’ भइरहेकाले यसप्रति सरकार र सबै दल सचेत हुनुपर्ने कुरा बैठकमा दलका नेताहरुले राख्नुभयो,’ छलफलमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसलाई गम्भीररुपले हेर्दै मिलेर यस्ता शक्तिको सामना गर्ने विषयमा सबै दल एकमत हुने निर्णय गरियो ।’
बैठकमा प्रधानमन्त्री ओलीले संसदमा विचारधीन विभिन्न विधेयक कांग्रेससँग सहमति गरेर मात्र अघि बढाउने प्रतिबद्धता जनाएका नेता सिटौलाले जानकारी दिए । ‘मिडिया काउन्सिल, मानवअधिकार, सुरक्षा परिषद्सँग सम्बन्धित विधेयकहरु कांग्रेससँग सहमति गरेर मात्र अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनु भएको छ,’ सिटौलाले भने ।
सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्री ओलीसहित नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्रीसमेत रहेका स्कुल विभाग प्रमुख ईश्वर पोखरेल, नेता सुवासचन्द्र नेम्बाङ, गृहमन्त्रीसमेत रहेका नेकपा नेता रामबहादुर थापा ‘बादल’, प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड, केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजाल बैठकमा सहभागी थिए ।
यस्तै उपप्रधान एवं स्वास्थ्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष बाबुराम भट्टराई, राजपाका नेता महन्थ ठाकुर, राजकिशोर यादवलगायत पनि बैठकमा थिए ।
पार्टीका विभाग प्रमुख चयनमा असन्तुष्टि जनाउँदै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा गएनन् ।
सर्वदलीय बैठक बालुवाटारमा बुधबार साँझ ५ बजे पुनः बस्ने नेताहरूले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस