पोखरा-नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लेकसाईड क्षेत्र २४ घण्टा खोल्नका लागि आफु सकरात्मक रहेको बताएका छन् ।
पोखरामा मंगलबार राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको सहयोगमा नवनिर्मित संघीय प्रहरी ईकाइ कार्यालयको भवनको उद्घाटन तथा ब्यारेकको शिलान्यास गर्दै महानिरीक्षक खनालले यस्तो अभिब्यक्ति दिएका हुन ।
उनले पर्यटकीय शहर पोखराको लेकसाइड २४ सै घण्टा खोल्नुका लागि स्थानीयले नै पहलकदमी थाल्नुपर्ने बताए ।
खनालले स्थानिय निकाय, प्रशासन र पर्यटन व्यवशायी हरुवीच सहकार्य गरी प्रहरीलाई सहज ढंगले काम गर्ने गरी २४ सै घण्टा खुल्ला गराउनतर्फ लाग्नुपर्ने धारणा राखे ।
प्रहरीले २४ र घण्टा खुल्ला गर्दा शान्ति सुरक्षा अमन चयन गराउने काम भएतापनि पोखरा महानगर, जिल्ला प्रशासन र पर्यटन ब्यवशायीहरुले एक किसिमको नीति निर्माण गर्नुपर्ने समेत उल्लेख गरे ।
महानिरीक्षक खनालले लेकसाईडका केही रेष्टुरेण्ट तथा बारहरु राती अबेरसम्म चल्ने हुदा जथाभावी होहल्ला गर्ने र चर्को आवाजका मोटरसाइकलहरु जथाभावी रुपमा चलाउनेहरुलाई कानुनी कारबाहीमा ल्याउन कास्की प्रहरी र नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेलाई निर्देशन समेत दिएका थिए ।
संघीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक पुजा सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरीका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरे, सशस्त्र प्रहरी वल नेपाल मुक्तिनाथ बाहिनी पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक बावुराम पाण्डे, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालय पोखराका प्रमुख कुलदेव थापा, सशस्त्र प्रहरी वल कालिका गण्का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाह, राष्ट्रिय अनुसन्धान कास्कीका प्रमुख भुमि पाठक, कास्कीका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न ब्यवशायीहरु, नागरिक समाज र पत्रकारहरुको सहभागीता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस