काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को अनुमतिपत्र (लाइसेन्स) खारेज गरेपछि व्यवसायी अजेयराज सुमार्गी सो निर्णयको विरुद्धमा सर्वोच्च अदालत जाने तयारी गरेका छन्।
दूरसञ्चार प्राधिकरणले बक्यौता नतिरेको भन्दै सोमबार नेपाल स्याटेलाइटको लाइसेन्स खारेज गरेपछि व्यवसायी सुमार्गी सर्वोच्च जाने भएका हुन्। सर्वोच्च जानका लागि उनले कानूनी सल्लाहकारसँग छलफल गरेको नेपाल स्याटेलाइट स्रोतले बतायो।
‘केही दिनभित्रै उहाँहरु लाइसेन्स व्युँत्याउन सर्वोच्च अदालत जानुहुने छ,’ स्रोतले भन्यो। लाइेन्स खारेजको निर्णय भएको ३५ दिनभित्र उनले सोको विरुद्धमा पुनरावेदन गर्न पाउने भएकाले सर्वोच्चमा रिट दायर हुने स्रोतको भनाइ छ।
नेपाल स्याटेलाइटले ७९ करोड ९२ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ। पटकपटक समय थप गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल स्याटलाइटको लाइसेन्स खारेज गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन्।
प्राधिकरणले यही भदौ १ गतेसम्म ७ करोड रुपैयाँ बक्यौता रकम तिर्न समय दिएको थियो। आइतबार पनि स्याटलाइटले बक्यौता नबुझाएपछि स्वतः खारेजीको प्रक्रियामा गएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस