काठमाडौं – ग्लोबल आइएमइ बैंकका कर्मचारीको तलब बढेको छ । सोमबार बैंकले कर्मचारीहरुलाई इमेल पठाउँदै तलब बढेको जानकारी गराएको हो ।
तल्लो तहका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले र उच्च व्यवस्थापनको तलब ६ प्रतिशतले बढेको हो । कर्मचारीहरुले साउन १ गतेदेखिको बढेको तलब पाउने छन् । तल्लो तहका कर्मचारीको तलब १५.३१ प्रतिशतसम्मले र उच्च व्यवस्थापनको तलब ६ प्रतिशतले बढेको छ,’ निमित्त प्रमुख कार्यकारी अधिकृत महेश ढकालले भने, ‘औषतमा बैंकका कर्मचारीको तलब १३ प्रतिशतले बढेको छ ।’
बैंकमा १७०० जना कर्मचारी कार्यरत छन् । तलब बढाउँदा १८ करोड रुपैयाँको आर्थिक दायित्व थपिएको सीइओ ढकालले जानकारी दिए । गत वर्ष बैंकले कर्मचारीको तलब तथा सेवा/सुविधामा १ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको थियो ।
बैंकका कर्मचारीले यो वर्ष तलबबाहेक कर्मचारीलाई थप ४ महिनाको तलब बापतको बोनस पाउने छन् ।
बैंकमा काम गर्ने तल्लो तहका कर्मचारीको तलब मासिक २० हजार रुपैयाँ रहेको सीइओ ढकालले बताए । बैंकले गत वर्ष तल्लो तहका कर्मचारीको तलब बढाए पनि उच्च व्यवस्थापनको तलब बढाएको थिएन ।
तलब र बोनस पाउने भएकाले बैंकको जागिरमा ठूलो आकर्षण छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस