काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नेपाल आउने भएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
विदेश सचिवका पटकपटक नेपाल आएका विदेशमन्त्री जयशंकर परराष्ट्रर मन्त्रीका रुपमा भने पहिलो पटक नेपाल आउन लागेका हुन्।
नेपालमाथि भारतले लगाएको नाकाबन्दीका बेला भारतीय विदेशमन्त्रलायमा सचिव रहेका जयशंकरलाई नाकाबन्दीको सूत्रधार पनि भन्ने गरिन्छ।
नेपालको संविधान जारी हुनुभन्दा २ दिन अघि भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका जयशंकरले तत्काल संविधान जारी नगर्न दबाब दिएका थिए। तर नेपालले भारतको सो दबाबका बाबजुद संविधान जारी गरेपछि नाकाबन्दी लगाएको थियो।
पराराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठक बुधबार र बिहीबार काठमाडौंमा हुनेछ। बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी जयशंकरले गर्ने बताइएको छ।
बैठकमा द्विपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, ऊर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल हुनेछ।
नेपाल भ्रमणका क्रममा जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस