पाँचथर-नेत्रविक्रम चन्द समूहका ताप्लेजुङ, पाँचथर इन्चार्ज सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दमकबाट उनिहरुलाई पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा ताप्लेजुङ इन्चार्ज सागर लिम्बु, पाँचथर इन्चार्ज तथा मेची ब्यूरो सदस्य राजु दास, मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल (क्रान्तिकारी) मेची, कोसी संयोजक गणेश कार्कीलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक नगरपालिका ६ को न्यु कञ्चन होटेलबाट पक्राउ गरेको वताइएको छ । जिल्ला प्रहरी कार्यालय झापामा राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस