रसुुवा- जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ रूपैयाँ सङ्कलन भएको छ । मन्दिरमा सङ्कलन भएको भेटी रकम जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई सर्वपक्षीयरूपमा गणना गरिएको हो ।
प्राप्त रकम महादेवको नाममा खोेलिएको बैंक खातामा जम्मा गरी कार्यसमितिको निर्णयबमोजिम गोसाइँकुण्ड क्षेत्रको संरक्षण कार्यमा खर्च हुने बताइएको छ ।
यही साउन २६ गते एकादशीदेखि ३० गते जनैपूर्णिमा पर्वसम्मको अवधिमा १० हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइ रसुवा जिल्लाको निलाद्री पर्वतमा अवस्थित पौराणिक धार्मिक तीर्थमा पाल्पा, कास्की, स्याङ्जा, तनहुँ, धादिङ, गोरखा, चितवन, नवलपरासी, बाँके, मकवानपुर, बारा, पर्सा, धनुषा, सिरहा, सप्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, ओखलढुङ्गा, उदयपुरसमेतका जिल्लाबाट भक्तजन तीर्थ गर्न गएको बताइएको छ ।
पवित्र तीर्थको मेला भर्न गोसाइँकुण्ड पुगेका सबै यात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र धार्मिक मार्ग पूरै खाली भइसकेका कारण अस्थायीरूपमा राखिएका धार्मिक मार्गको सबै छाप्रा थर्पु हटाउने कार्य अगाडि बढिसकेको स्थानीय व्यवसायीले बताएका छन् ।
धार्मिक मार्गमा यात्रुबाट फ्याँकिएका फोहर सङ्कलन र व्यवस्थापनका लागि सहभागितामूलक तरिकाले हातेमालो गरी अगाडि बढ्न गोसाइँकुण्ड क्षेत्र विकास समितिले धार्मिक मार्गका सबै होटल व्यवसायीसँग आग्रह गरेको छ । रासस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस