काठमाडाै-एकताका बाँकी काम पूरा गर्नका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (आइतबार)का बस्ने भएको छ।
शनिबार बस्ने भनिएको बैठक तयारी नपुगेका कारण आइतबारलाई सरिएको नेकपाले जनाएको छ।
महासचिव विष्णु पौडेल थप छलफल गर्नुपर्ने भएका कारण बैठक सारिएको बताए। ‘एकताका बाँकी कार्य पूरा गर्नका लागि थप छलफल आवश्यक रहेकाले बैठक सारिएको हो’, उनले भने।
उनले आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बस्ने जानकारी दिए।
शुक्रबार बसेको सचिवालय बैठकले विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ। स्कुल विभागमा विवाद भएपछि लामो समयदेखि रोकिँदै आएको नेकपाको बैठक हिजो शुक्रबार बसेको थियो। स्एकुल विभागमा ईश्वर पोखरेलका नाममा सहमति भएसँगै विभागको जिम्मेवारी बाँडफाँट सकिएकाे हो।
आइतबार बस्ने बैठकले नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारण गर्ने बताइएको छ।
एकता हुन बाँकी रहेका सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठनलगायतका छन् ।
अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ। अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन्।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भए पनि सबै कमिटीको एकता अझै सकिएको छैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस