सोल-उत्तर कोरियाले पूर्वी समुद्रमा दुईवटा मिसाइलको प्रक्षेपण गरेको छ । उत्तर कोरियाको उक्त कदमले दुई कोरियाली प्रायद्वीपमा थप तनाव बढाएको छ।
सोलका संयुक्त चीफ अफ स्टाफले बताए अनुसार, उत्तर कोरियले उत्तर पुर्बी गंग्वोन प्रान्तको पूर्वी तोङगचुनबाट दुईवटा प्रक्षेपणहरू परिक्षण गरेको हो ।
सोल संयुक्त चीफ अफ स्टाफले भने ‘सेनाले प्रोजेक्टिकलहरूको विश्लेषण गर्दैछ, र उच्च स्तरको आकस्मिक लडाइँको लागि तत्परता कायम राख्छ।’
दक्षिण कोरियाली र अमेरिकी सेनाले प्रक्षेपणको विवरण किन भईरहेको छ भन्ने पुष्टि गर्न सकेको छैन।
यो जुलाई २ पछि उत्तरमा प्रक्षेपण हतियारहरू परिक्षण गरेको छैटौं पटक हो र यो वर्षको सुरूदेखि आठौं पटक हो। उत्तर कोरियाले प्रक्षेपणलाई आफ्नो रक्षाको अधिकार भित्र रहेको भन्दै र दक्षिण कोरियाको आलोचनाको लागि दोष लगाउने गरेको छ।
उत्तर कोरियाले नोभेम्बर २०१७ देखि मिसाइल परीक्षणहरू स्थगित गरेको थियो, फेरि यहि मे ४ देखि छोटो दूरीको ब्यालेस्टिक मिसाइलहरू सहित प्रक्षेपण हतियार प्रक्षेपण गर्न सुरु गरेको छ।
मे ४ को प्रक्षेपण गरेपछि पछि अर्को मे ९ मा गरेको थियो। ऊक्त दुई परिक्षणमा प्रक्षेपण गरिएका के एन – २३ मिसाइलहरू हुन् भनेर जनाएको छ।
गत १० अगस्टमा, उत्तर कोरियाले घोषणा गरेर परिक्षण गरेको दुई मिसाइललाई ‘नयाँ हतियारहरूको नयाँ परिक्षण’ भनेर प्रक्षेपण गरिएका थिए। अगस्ट १० मा परिक्षण गरिएको हतियारहरूको वास्तविक प्रकृति के कतिको शक्तिशाली हो भन्ने गोप्य रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस