काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी बैठकको बहुमतले विधान मिचेर विशेष साधारणसभा बोलाएको भन्दै निवर्तमान अध्यक्ष पशुपति मुरारकाले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।
शुक्रबार बसेको महासंघको कार्यकारीणी बैठकले आगामी कात्तिक २९ गतेका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो ।
‘महासंघको कार्यकारीणी बैठकले विधान मिचेर विशेष साधारणसभाको मिति तोकेको छ, यसमा मेरो पूर्ण असहमति छ,’ निवर्तमान अध्यक्ष मुरारकाले भने, ‘विशेष साधारणसभा बोलाउने प्रक्रिया विधानसंवत छैन, त्यसैले मैले नोट अफ डिसेन्ट लेखेको हुँ ।’
कार्यकारीणी समितिले विधान अनुमोदन गरेपछि मात्रै साधारणसभा बोलाउन सक्ने महासंघको विधानमा व्यवस्था भएको मुरारकाको दाबी छ ।
आज लिखितरुपमा नोट अफ डिसेन्ट नलेखिएको तर भरेभोलि लिखितरुपमै पठाउने मुरारकाले जानकारी दिए ।
वरिष्ठ उपाध्यक्ष गोल्छा,निवर्तमान अध्यक्ष मुरारका, कार्यकारिणी सदस्यद्धय रञ्जित आचार्य र कृष्ण दुलाललगायतले प्रक्रिया पूरा नगरी विशेष साधारणसभा तोक्ने निर्णय विधान विपरित रहेको दाबी गर्दै फरक मत राखेका थिए ।
‘विधान संसोधनको प्रस्ताव कार्यकारीणी समितिले अनुमोदन नै नगरी साधारणसभा बोलाउने निर्णय गर्नु विधान संवत छैन,’ मुरारकाले थपे ।
विधान समितिका संयोजक चण्डीराज ढकालको डिजाइन अनुसार कार्यकारीणी समितिले विधान संसोधनको प्रस्ताव पारित नगरी विशेष साधारणसभाको मिति तोकेको हो ।
शुक्रबारको कार्यकारीणी बैठकमा चण्डीराज हावी भएका थिए ।
‘सबै साथीहरुको सुझाव लिएर अघि बढ्ने हो भन्दै अध्यक्षलाई दबाब दिएर विशेष साधारणसभाको मिति तोकियो,’ स्रोतले भन्यो ।
चण्डीजीले यसअघिको कार्यकारीणी बैठकमै मिति तोक्न दबाब दिएका थिए । उक्त बैठकमा अध्यक्ष राणाले मिति तोक्न भवानीले मानेकि थिइनन् । र, चण्डीले राजिनामा बुझाएका थिए । महासंघको कार्यकारीणीले ढकालको राजिनामा स्वीकृत नगरी उनको एजेण्डामा अघि बढेको एक प्रभावशाली सदस्यले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस