काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठिक रहेको बताएका छन्। उनले सञ्चार माध्यमले भनेजस्तो प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभएको पुष्टि गरे।
ओली बिरामी भएपछि बिहीबार बस्न नसकेको नेकपाको सचिवालय बैठक आज (शुक्रबार) का लागि बोलाइएको छ।
पार्टीका विभाग, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, एकीकरणको बाँकी कामलगायत विषयमा छलफल गर्न बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो।
नेकपामा स्कुल विभाग विवादमा छ। यसमा सचिवालय सदस्य ईश्वर पोखरेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतले दाबी गरेका छन्।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। बैठक विभिन्न कारण सर्दै आएको छ। सचिवालयको बैठक यसअघि साउन १३ गते बसेको थियो। यसअघि साउन २८ र २९ गते बोलाइएको बैठकसमेत अन्तिम समयमा स्थगित भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस