चीनको उत्तरपुर्बी प्रन्त लावोनिंगमा अवस्थीत पर्यटकीय शहर पान्जीनमा यही सेप्टेम्बर १९-२३ तारिख सम्म नेपाली बृहत कलाप्रदर्शनी हुने भएको छ ।
पान्जीन जिंगलोंगती डिस्ट्रिक गभरमेन्ट र अन्तराष्ट्रिय जलरॅग समाज नेपालको संयुक्त आयोजना एवं लिओही आर्ट म्युजियमको सह-आयोजनामा सम्पन्न हुने उक्त कार्यक्रममा नेपालका २८ जना बरिष्ठ तथा युवा कलाकारका १०० भन्दा बढी कला प्रदर्शनमा राखिने छ ।नेपाली र चिनीया कलाकारहरुको संम्बन्धलाई अझ मजबुद बनाउने र भविष्यमा दुई देशबिचको कलालाई निरन्तर आदनप्रदान गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छ।
५ दिनसम्म आयोजना हुने उक्त कला प्रदर्शनीमा नेपाली जनजीवन, संस्कृती र प्राकृतिक सौन्दर्यसॅग सम्बन्धीत कलाकृतिको प्रदर्शनी गरिनुका साथै कलाका विबिध गतिबिधीहरु समेत समाबेश गरिने छन। पान्जीनको कला र सस्कृतिकलाई अझ नजिकबाट अबलोकन गर्न अन्तराष्ट्रिय जलरंग समाज नेपालका अध्यक्ष एन.बी. गुरुंगको नेतृत्वमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपती लालकाजी लामा , समाजका महासचिब दिपेन्द्रमान बनेपाली, कोषाध्यक्ष भीम श्रेष्ठ , समाजका सदस्यहरु डिबी राई, विनोद कुमार गुप्ता र सुरेश श्यागतान गरि ७ जना कलाकारहरु कार्यक्रममा उपस्थीती जनाउन पान्जीन जाने कार्यक्रम रहेको छ।
आईडब्लुयस नेपालले तय गरेको दिर्घकालिन लक्ष्य अनुरुप “कला र पर्यटन , कलाकार र अन्तराष्ट्रिय पहिचान भने” नारालाई ब्यवहारमा उतार्न यस्ता खाले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष गुरुंगले बताउनुभयो । यसअघि समाजले आफ्नो स्थापना कालदेखि नै अन्तराष्ट्रियस्तरका बिभिन्न कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस