काठमाडौं – पाहुना टोली अफगानिस्तानविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा नेपालले शानदार जित निकालेको छ । बिहिबार भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा पराजित गर्यो ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा कप्तान ईम राना बिना मैदान उत्रिएको नेपालले अफगानिस्तानमाथि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । पहिलो मैत्रीपूर्ण खेलमा मांसपेशीको चोट बोकेपछि कप्तान ईमले दोस्रो खेल गुमाएका थिए ।
तर, धनबहादुर भट्टको कप्तानीमा कोर्ट उत्रिएको नेपालले सुरुवाती दुई सेट गुमाएपनि जित निकाल्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५-२२ र दोस्रो सेट २५-१५ ले गुमाएको थियो ।
तर, नेपालले त्यसपछिको तीन सेटमा लगातार जित निकाल्यो । नेपालले तेस्रो सेट २६-२४ र चौंथो सेट २६-२४ ले जित्दै खेल २-२ को बराबरीमा ल्याएको थियो । त्यसपछि अन्तिम सेटमा नेपालले १५-१२ को सेटमा जित निकाल्दै अफगानिस्तानलाई निराश बनाउन सफल भयो ।
यो जितसँगै नेपालले अफगानिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलनै आफ्नो पक्षमा बनाएको छ । यसअघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले अफगानिस्तानलाई ३-२ कै सेटमा हराएको थियो । नेपालले पहिलो खेलमा २२–२५, २५–२३, २५–१७, २५–२१ र १५–१३ को सेटमा जित निकालेको थियो ।
घरेलु मैदानमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपालले मैत्रीपूर्ण खेल खेलेको हो ।एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ देखि भदौ ७ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस