वि.सं.२०८० साल असाेज ९ गते । मंगलवार । ईश्वी सन् २०२३ सेप्टेम्बर २६ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । व्यवसायमा विशेष फाइदा हुनेछ । तर केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा आघात पुग्न सक्छ । अरूका काममा धेरै समय खर्चनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । साँझतिर नयाँ काम थालनी गर्न सकिनेछ ।
मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । समुदायको हितमा विशेष काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ । समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । पेसा-व्यवसायमा विशेष फाइदा हुनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । तर सञ्चित रकमसमेत खर्च हुनेछ । साँझतिर स्वास्थ्यमा कमजोरी र काममा चुनौतीको समय रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ । साँझतिर बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तले पनि उत्साह जगाउनेछन् । यात्रा र किनमेलमा खर्च हुनेछ । अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन जुट्नुपर्ने समय छ । द्वेष वा ईर्ष्या गर्नेहरूले बाधा पुर्याए पनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ । बुद्धिकाे उपयाेगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । मिहिनेतले विभिन्न अवसर दिलाउनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफन्तकाे सहयोगले काम बनाउन सकिनेछ । व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । साँझतिर काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ । तर परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम र दाम आर्जन गर्न सकिनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । गरिएका कर्मको फल प्राप्त हुनेछ । शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ । भौतिक साधनले खर्च बढाउन सक्छ । साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला । बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ । लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ । बौद्धिक क्षमतामा निखारता आउनेछ । बुद्धिको उपयोगले ठूलै काम पनि सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । पढाइलेखाइमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रमाइलाे भेटघाट हुनेछ । गरेकाे काम बन्नाले धनलाभ पनि हुनेछ । घरमा पाहुना तथा शुभचिन्तककाे आगमन हुन सक्छ । खर्च लागे पनि केही काम बनाउन सकिनेछ। टाढाका साथीभाइकाे साथ-सहयाेग प्राप्त हुनेछ । पेसा-व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । दैनिक काम सम्पादन हुनुका साथै यथेष्ट आम्दानी भइरहनेछ । श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस