रिटर्नी सेन्टर नेपाल रत्ननगर नगर भेला असोज ६ गते सनिबारका दिन भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।
रिटर्नी सेन्टरका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज कबिराज कडेलको प्रमुख आतिथ्यमा भएको भेलाले श्याम सुन्दर बास्तोलाको संयोजकत्वमा नगर कमिटि चयन गरेका छन l उपाध्यक्ष गोपाल उपरकोटि , सचिब बिष्णु प्रसाद पोख्रेल, कोषाध्यक्ष खिम बहादुर घर्ति मगर , सद्स्यहरुमा सुर्य प्रसाद ओझा, तिलक प्रसाद दाहाल, दुर्गा बहादुर थापा , बिपिन भट्ट सहित नगरकमिटि चयन गरेको छ भने टंक प्रसाद भट्ट र रमेश खनाललाइ जिल्ला सदस्यमा चयन गरेको छ ।
भेलामा प्रमुख अतिथि तथा जिल्ला ईन्चार्ज कबिराज कडेलले रिटर्नीहरुले अब आफ्नो हकहितका लागि एकजुट हुदै सबै पालीकामा रिटर्नी लक्षित कार्यक्रमहरु आएका छ्न भन्दै रत्ननगरमा सङठन निर्माणमा गरी छिटै नै चितवनका सबै पालीकाको संरचना निर्माण गर्ने तयारीमा रहेको बताए l उहाँले पार्टीको ३ महिने अभियानसंगै पार्टी तथा बैदेशिक रोजगारीबाट फर्केका रिटर्नीहरुको सङठन निर्माण पनि तिब्र रुपमा बिस्तार गर्ने बताए । त्यस्तै विशिष्ट अतिथि तथा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य इश्वरी प्रसाद भट्टराईले आफुले ६, ७ बर्ष अघि देखि बागमती प्रदेशमा रिटर्नी तथा उनीहरुको ब्यबस्थापनको बिषयमा बहस गरेको अहिले रिटर्नी सेन्टर नेपाल संगठन स्थापना हुँदा एकदमै खुसि लागेको बताए l उहाँले रिटर्नी सेन्टरले पार्टीलाई माथि उठाउने दाबी गर्दै पार्टीको ३ महिने अभियानमा पार्टी र रिटर्नी सेन्टर संगसंगै जानुपर्ने बताए l
नेकपा माओवादी केन्द्र रत्ननगर पार्टि कार्यालयमा भेलामा विशिष्ट अतिथि तथा पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले समाजवाद उन्मुख तिर जान सामुहिक रुपमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्नु भएको छ l उहालें विदेशबाट फर्केका युवाहरु जोशिला ,जाँगरिला ,सिप लिएर आएका मेहनेती तथा इमान्दार हुने हुँदा उनीहरुले गर्ने काम सफल हुनेमा आफु बिश्वस्त रहेको बताए l त्यस्तै अतिथि तथा रिटर्नी सेन्टर नेपाल जिल्ला संयोजक निमकान्त पाण्डेले बैदेशिक रोजगारीमा रहदा आर्जन गरेको पुजी र सिपको सहि सदुपयोग गर्दै स्वरोजगार , उत्पादन र उद्यमशिलतालाई लक्षित गर्दै उत्पादनमा लाग्नका लागि नबिन प्रबर्धनमा टेवापुर्याउन आतुर रिटर्नीलाई लक्षित गरि संगठन निर्माण गरेको बताए lभेलामा बागमति प्रदेश सदस्य बिबेक डल्लाकोटि, रत्ननगर नगर इंचार्ज राजु अमगाईं र जिल्ला सदस्य जीबन श्रेष्ठ पार्टिका तर्फबाट बिषेस उपस्थित रहेको थियो भने रिटर्नी सेन्टरको तर्फबाट बागमति प्रदेश सद्स्य तथा रत्ननगर नगरकमिटि ईन्चार्ज सन्तोष घिमिरे ,जिल्ला सद्स्य सझाराम बिक उपस्थिति हुनु भएको थियो । भेला रिटर्नी सेन्टर नेपाल रत्ननगर नगर इन्चार्ज रमेश खनालको अध्यक्षतामा सम्पन्न भएका थिए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस