वि.सं.२०८० साल असाेज ३ गते । बुधवार । ईश्वी सन् २०२३ सेप्टेम्बर २० तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समस्या दर्साउँदा सहयाेगीले साथ दिनेछन् र मुस्किलले काम बन्नेछ । शुभचिन्तकहरूकाे सहयाेगले फाइदा उठाउन सकिनेछ । तर केही काममा जुट्नैपर्ने बाध्यता रहनेछ । अरूका काममा धेरै समय खर्चनुपर्ला । आम्दानी लिने अवसर आए पनि स्वास्थ्यका कारण न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । लेनदेनकाे विवरण नराख्दा हिसाबकिताब बिग्रन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ । सुमधुर प्रेम वा दाम्पत्यले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै हुनाले उपभाेग्य सामग्री खरिद गर्न सकिनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आतिथ्यपूर्ण सम्मानका साथ मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार बढ्नेछ । व्यवसायका लागि यात्रा सम्भावना छ। सोख पूरा हुनुका साथै प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीले साथ दिनेछन् । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । हडबड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला । बेसुरमा वचन दिँदा अप्ठ्यारोमा परिएला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । आम्दानी बढ्नेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । मान-सम्मान प्राप्त हुनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ । बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन् । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । आँटले काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ । मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
काममा विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ । मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस