भाद्र ३० गते रिटर्नी सेन्टर नेपाल झापा जिल्लाको प्रथम भेला सुबास चन्द्र मैनालिको संयोजकत्वमा जिल्ला पार्टी कार्यलय बिर्तामोडमा सम्पन्न भएको छ l
पार्टीका केन्द्रिय सदस्य हरि कुमार रानाले विदेशबाट रेमिटेन्स मार्फत पठाएको रकम नेपालमा सदुपयोग हुन नसकेको तथा विदेशमा दुखले आर्जेको रकमको नेपालमा सहि ठाउँमा सदुपयोग तथा लगानी गर्नुपर्ने बताए l केन्द्रिय सदस्य रानाले रिटर्नी सेन्टर नेपालले राज्यले दिएको सेवा सुविधाहरु सहज रुपमा रिटर्नीहरुलाई उपलब्ध गराउन नेपाल सरकारसित पहल गराउनुपर्ने बताए l उहाँले नेपाल सरकारले पनि विदेशबाट फर्केका नेपालीहरुको लागि लगानीको बातावरण बनाइदिनु पर्ने बताए l त्यस्तै बिशेष अतिथि,रिटर्नी सेन्टर नेपाल केन्द्रिय सह संयोजक तथा प्रदेश नं १ का इन्चार्ज डोर बहादुर कार्कीले प्रवासमा माओबादी संगठनमा आवद्द भएका कमरेडहरुलाई नेपाल फर्केपछि बिना शर्त पार्टीमा क्रियाशील गराउन समन्वय भूमिका निभाउने बताए l केन्द्रिय सह संयोजक कार्कीले नेपाल फर्केका रिटर्नीहरुको अभिलेख राख्ने तथा रिटर्नीहरुको ज्ञान, सिप,प्रबिधिलाई एकिकृत गराई ,उचित योजनाका साथ सामुहिक पुंजीलाई उत्पादन मुलक क्षेत्रमा लगानी गराई देशको आर्थिक विकासमा सहयोगी भूमिका निभाउने बताए l उहाँले बैदेशीक रोजगारीको बहानामा हुने मानब तस्करी ,अनिमियता ,ठगीको बारेमा केन्द्र ,प्रदेश ,जिल्ला ,स्थानीय तह तथा गाउँ गाउँमा सचेतना अभियान चलाउने बताए l
बिशेष अतिथि पार्टीका प्रदेश नं १ सचिवालय सदस्य तथा जिल्ला सह इन्चार्ज सि पि कडरियाले रिटर्नी सेन्टर नेपाल राजनीतिक भन्दा ब्यबसायिक रुपमा रिटर्नीहरुलाई आत्मनिर्भर बनाउने राम्रो प्लेटफर्म बनेको बताए l त्यस्तै बिशेष अतिथि तथा रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिब भिम लकान्द्रीले रिटर्नी सेन्टर नेपालको आवश्यकता र महत्वको बिषयमा प्रकाश पार्दै यो संगठन नीतिगत रुपमा कान्छो संगठन भएपनि यसले अनुभवी रुपमा जेठो संगठनले जस्तै भूमिका निभाउने बताए l केन्द्रिय सचिब लकान्द्रीले श्रम ,सिप ,पुंजी ,प्रबिधि लिएर फर्केका रिटर्नीहरुलाई नेपाल सरकारको नीति अन्तर्गत रिटर्नी तथा बेरोजगारहरुलाई उधमी बनाउन बिना धितो रु २५ लाख सम्म ऋण तथा ब्यबसायिक सुरक्षा दिनुपर्ने बताए l
रिटर्नी सेन्टर नेपाल झापा जिल्ला संयोजक सुबास चन्द्र मैनालिको अध्यक्षतामा भएको भेलामा कार्यक्रम संचालन रिटर्नी सेन्टर नेपाल झापा जिल्ला सचिब समुन्द्रा लामाले गरेकी थिइन । भेलाको समापन गर्दै संयोजक सुबास चन्द्र मैनालिले झापा जिल्लामा पार्टी तथा रिटर्नी सेन्टर नेपालको संगठनको तिब्र रुपमा बिस्तार गर्ने बताए l भेलामा प्रदेश सदस्य जिल्ला सह इन्चार्ज रोशन कन्दङवा,पार्टीका प्रदेश सचिबालय सदस्य श्याम बिर लिम्बु ,प्रदेश सदस्य क्षेत्र न .२ पार्टी संयोजक अर्जुन पाण्डे ,प्रदेश सदस्य सन्तोस गौतम ,वाइसियल प्रदेश संयोजक कुमार आचार्य ,बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा , बुद्ध शान्ति पार्टी अध्यक्ष प्रेम नेम्बाङ ,मेचि नगर अध्यक्ष राजन चिमरिया ,अर्जुनधारा नगर अध्यक्ष नारद दुखि दमक ,गौरीगन्ज लगाएत नगर अध्यक्षहरुको उपस्थिति रहेको थियो । भेलामा रिटर्नी सेन्टर नेपालको प्रदेश संयोजक बिशाल भण्डारी ,सह संयोजक गणेश सौगात कालिकोटे, अनेम संघ( क्रान्तिकारि ) बिर्तामोड नगर अध्यक्ष रिता मिश्र लगाएत प्रदेश सदस्यहरु , जिल्ला भरिका सबै पालिकाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नवनियुक्त पदाधिकारीहरुको नामावली
१) संयोजक – सुबास चन्द्र मैनालि
२) सह संयोजक – शंकर प्रसाद सेडाइ
३) सह संयोजक – डम्बर बोहोरा
४) सचिब – समुन्द्रा लामा
५) कोषाध्यक्ष – मेनुका काफ्ल्र घिमिरे
६) सदस्य – शेखर काजी थापा
७) सदस्य -समिर लिम्बु
८) सदस्य -बसि आलाम खान
९)सदस्य -राजन सुर्य मगर
१०) सदस्य -नगेन्द्र खाति
११) सदस्य -कमल अधिकारि
१२ ) सदस्य -बिक्रम खालिङ्ग राइ
१३ ) सदस्य – प्रबिन बानिया
१४) सदस्य -टंक अधिकारी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस