भाद्र ३० गते नेकपा माओवादी केन्द्रको २४ औ जनवर्गिय संगठन रिटर्नी सेन्टर नेपालको प्रथम सिन्धुली जिल्ला भेला पार्टिको जिल्ला कार्यलय सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्रको सिन्धुली जिल्ला संयोजक पानीराज बम्जनको प्रमुख आतिथ्यमा भएको भेलाले दिपेन्द्र भुजेलको संयोजकत्वमा २५ सदस्यीय रिटर्नी सेन्टर नेपालको जिल्ला कमिटि चयन गरेका थिए l पहिलो बैठक तुरुन्तै बसि बागमती प्रदेश समिती सदस्यमा अमर बस्नेतलाई सिफारिस समेत गरेका थिए । भेलामा प्रमुख अतिथि पानीराज बम्जनले रिटर्नी सेन्टर नेपाल प्रती हर हमेशा हाम्रो साथ समर्थन रहने र यो संगठन एकदमै राम्रो र आवश्यक रहेको बताए l उहालें बिदेशबाट विभिन्न सीप , कला , क्षमता र अनुभव बोकेर आउने युवाहरुले यस संगठन र पार्टि प्रती थप सहयोग गर्नेछ भन्ने अपेक्षा राखेको बताए l त्यस्तै विशेष अतिथि तथा रिटर्नी सेन्टर नेपाल केन्द्रिय सचिवालय सदस्य धनध्वज मल्ल ठकुरीले अंग्रेजहरुलाई गोर्खालीफौजले हराएको सिन्धुली ऐतिहासिक मात्र होइन प्राकृतिक,धार्मिक र सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण जिल्ला पनि भएको बताए l उहाँले रिटर्नीहरुको आर्थिक उन्नतिको लागि यहाँ ब्यबसायिक सम्भाव्यताको खोजि गरि सामुहिक रुपमा सहकारी माध्यमबाट कृषि तथा उत्पादनशील चिजहरुमा लगानी गर्नुपर्ने बताए l
भेलामा विशेष अतिथि बागमती प्रदेशका सचिब प्रेम चौलागाईं ” चटयाङ” ले देश अहिले बिदेशीको सामु Labor Trade को रुपमा परिचित भैरहेको अबस्थामा देशमै युवाहरुलाई रोजगारी शृजना गर्ने उदेश्यले स्थापित यो संगठनले वडा वडामा कृषी, श्रम तथा बचत सहकारीको मार्फतबाट देशभरिनै रोजगारी शृजना गर्ने बताउनुभयो l उहालें पार्टीको ३ महिने अभियानमा सकृय रुपमा लाग्न सबैलाई अनुरोध गर्नुभएको छ l
रिटर्नी सेन्टर नेपालको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार बम्जनको अध्यक्षतामा शुरु भएको उक्त भेलाको सन्चालन कमलामाई नगरपालिका सचिब चन्द्र गौतमले गर्नु भएको थियो l अन्त्यमा : भेलालाई सहजीकरण गर्न उपस्थित हुनु भएका सम्पुर्ण पार्टी कमिटिका सदस्यहरु तथा जनवर्गिय संगठनहरुका कमरेडहरुलाई विशेष धन्यवाद व्यक्त गर्दै रिटर्नी सेन्टर नेपालको सिन्धुली जिल्ला समन्वय कार्यसमिति सदस्यहरुलाई बधाई सहित भेला सौहद्रपुर्ण बाताबरणमा सप्पन्न भएको जिल्ला इन्चार्ज सुरेन्द्र बम्जनले जानकारी दिदै भेला समापन भएको घोषणा गरेको थियो । भेलामा पार्टिका कमलामाई नगरपालिका अध्यक्ष शेर बहादुर कार्की , अखिल क्रान्तिकारीको सिन्धुली जिल्ला इन्चार्ज भानुभक्त श्रेष्ठ , जिल्ला पार्टी कार्यलय सचिब रामजी काफ्ले , वाइसीएल नेपाल केन्द्रिय सदस्य तथा बागमती प्रदेश सह-संयोजक भुल बहादुर राना अबिरल उपस्थित हुनु भएको थियो ।
पदाधिकारीहरुको नामावली
संयोजक – दिपेन्द्र भुजेल,
सचिब – मान ब मोक्तान
सदस्य – रोहन मोक्तान,
सदस्य – बुद्ध कुमार पुलामी
सदस्य – झलकमान कालिकोटे
सदस्य -मेनुका अछामी
सदस्य – मोहन कुमारी परियार
सदस्य -मणि कुमार राना मगर
सदस्य -गुन्ज ब मगर
सदस्य -राम बहादुर परियार
सदस्य -उमेश दर्नाल
सदस्य -पूर्ण ब बि क
सदस्य -ओम लुन्गेली
सदस्य – नेत्र ब खत्री
सदस्य – टेक ब मगर
सदस्य -गजेन्द्र रायमाझी
सदस्य -सिताराम भण्डारी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस