वि.सं.२०८० साल भदाै २८ गते । बिहीवार । ईश्वी सन् २०२३ सेप्टेम्बर १४ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ । बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ । तर अध्ययनमा अलमल हुनेछ । अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ । हल्लाको पछि लाग्दा अलमल हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विशेष योजना सार्वजनिक नगर्नुहोला । लगनशीलताले दिगो फाइदा दिलाउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । भौतिक साधन जुट्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । तर हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेत परे पनि कर्मफल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ । आफ्नाले समयमा सहयोग नगर्दा अवसर फुत्किन सक्छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । पहिलेका सहयोगीहरू पछि हट्न सक्छन् । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउनलान् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ । निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्ता पछि परिनेछ । पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेम र मित्रताको बन्धन कसिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । समय फुर्सदिलो रहनाले भेटघाटको अवसर प्राप्त हुनेछ । प्रतिष्ठा, मान-सम्मान आदि पाइनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खर्च लागे पनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
दैनिक काममा उल्लेख्य फाइदा हुनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । परिश्रमको फल प्राप्त हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । तर काममा अनुमानभन्दा बढी लगानी लाग्नेछ । लाभांश अरूका लागि खर्चनुपर्ला । सरसापटमा रकम बाहिरिन सक्छ । उधाराे व्यापारले रकम अड्किन सक्छ । किनमेलमा पनि अधिक खर्च हुन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
नियमित कामलाई निरन्तरता दिन सकिनेछ । जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ । चुनौतीपूर्ण कामकाे जिम्मेवारी वहन गर्नुपर्ला । आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ । अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बाध्यात्मक परिस्थितिले अलमल्याए पनि समय त्यति प्रतिकूल भने छैन। शुभचिन्तकहरूले साथ दिने हुँदा पहिलेको चुनौती समाप्त हुनेछ । परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धेरै फाइदा नभए पनि मिहिनेत गर्दा आंशिक लाभ उठाउन भने सफल भइनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ । कामकाे चाप बढ्ने समय छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । उधाराेमा व्यापार गर्नुपर्ला । आफ्नाे सूचना बाहिरिन स्क्छ, सजग रहनुहाेला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अतिथिका रूपमा सत्कार पाइनेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ । विवादास्पद काममा लामाे समय अलमल हुन सक्छ । किनमेलमा रकम खर्चनुपर्ला । मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कामका लागि निकै दौडधुप गर्नुपर्ला । स्वास्थ्यका लागि आहार-विहारमा सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ, स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थै झमेलामा परिनेछ । सहयोगीहरू जिम्मेवारीबाट पन्छिन सक्छन् । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस