भाद्र २५ गते सोमबार रिटर्नी सेन्टर नेपाल धरान नगरको प्रथम भेला सानु तामाङको संयोजकत्वमा सम्पन्न भएको छ l
नेकपा माओवादी केन्द्र धरानका अध्यक्ष सुर्यप्रसाद भट्टराई ( मनोज)को प्रमुख आतिथ्यमा २५ सदस्यीय तदर्थ नगर कमिटी गठन गरेका छन् l
धरानका नगर अध्यक्ष सुर्यप्रसाद भट्टराईले धरानमा पार्टीको नयाँ संगठन विस्तार हुनु सुखद भएको र नगर कमिटीले संगठनलाई आवश्यक पर्ने सबै खालको सहयोग गर्ने बताउनु भयो l त्येस्तै बिशेष अतिथि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सहसंयोजक तथा प्रदेश नं १ का इन्चार्ज डोर बहादुर कार्कीले सन् २०१७ देखि नै रिटर्नी सेन्टर नेपालको लागि पहल भएको तर मुर्तरुप लिन नसकेको अहिले आएर मुर्तरुप लिएको बताउनुभयो। साथै आउदो भाद्र २७ गतेको प्रदेश नं १ को भेलामा सहभागी हुनका लागि सबैलाई आग्रह गर्नुभयो l
धरानको पार्टी कार्यालयमा भएको भेलामा संगठनको आवश्यकता बारे चर्चा गर्दै रिटर्नी सेन्टर नेपालका केन्द्रिय चेतना स्रेङले यो संगठनको परिवेश प्रवाससंग जोडीने भएकोले प्रवासमा अलपत्र परेका नेपालीहरुलाई राज्यसंग समन्वय गरि पीडितहरुको उद्दार गरि स्वदेश फर्काउने र स्वदेश मै पुनस्थापित गर्न सिपमुलक तालिमको व्यवस्था गरि स्वरोजगार बनाउने तर्फ संगठन ले ध्यान दिनुपर्ने बताइन l
रिटर्नी सेन्टर नेपाल धरानका संयोजक सानु तामाङले तिन महिने अभियानसंगै रिटर्नी सेन्टर नेपाल तथा पार्टीको संगठन निर्माण गर्ने बताए l भेलामा बिशेष अथितिहरु रिटर्नी सेन्टर नेपालका प्रदेश नं १ का संयोजक बिशाल भण्डारी ,केन्द्रिय सदस्यहरु चेतना स्रेङ,पाँचथर जिल्ला इन्चार्ज रमिला राई,सुनसरी जिल्ला इन्चार्ज अंशु बर्मा लिम्बु,(लराङ) ,मोरङ जिल्ला इन्चार्ज जनक सुनसरी जिल्ला सह-इन्चार्ज शारदा मास्के लगायत मोरङ जिल्ला संयोजक राज तिरवाको पनि उपस्थिति रहेको थियो l
कार्यक्रम संचालन सुनसरी जिल्ला सह इन्चार्ज सुवास खवासले गरेको तथा भेलाको अध्यक्षता नेकपा माओवादी केन्द्र धरानका उपाध्यक्ष तथा रिटर्नी सेन्टर नेपाल सुनसरी जिल्लाका संयोजक सम्फर तामाङले गरेका थिए l अन्त्यमा कार्यक्रम समापन गर्दै भेलाका अध्यक्ष तथा सुनसरी जिल्लाका संयोजक सम्फर तामाङले सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै उपस्थित सबै अथिति लगायत कमरेडहरुलाई धन्यबाद ब्यक्त गरेका थिए l उहालें अहिलेको भेला एकदमै छोटो समयमा गर्नुपरेको तथा आगामी नगर सम्मेलन अझ वृहत् तयारी साथ गर्ने र रिटर्नी सेन्टर नेपालको संगठनलाई जिल्लाको हरेक पालिकामा तिब्र गतिमा विस्तार गर्दै अगाडि बड्ने बताए l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस