काठमाडौं- ‘कुम्मायकका जनताले मलाई बिश्वास गरी ५ बर्षका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन । निर्वाचन अघि म र मेरो पार्टीले जुन प्रतिवध्दता गरेको थियो त्यसमा म अहिले पनि दृढ छु ।’
स्थानीय निकाय संचालन ऐन अन्तर्गत अनुगमन समितिका अध्यक्ष समेत रहेका कुम्मायक गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले त्यस क्षेत्रका योजनामा आएका जनगुनासो सम्वन्धमा बुझ्न सम्पर्क गर्दा बताए ।
पाँचथर कुम्मायक गाउँपालिकामा संचालित राष्ट्रिय गौरवको आयोजना लिफ्ट सिष्टमबाट संचालिक सबैभन्दा ठूलो तमोर लिफ्टिङ खानेपानी आयोजनाको फिल्टर पलान्ट को सपोर्ट मेसिनरी वालको काम तत्काल रोक्न निर्देशन दिएको चर्चा चलेपछि यथार्थ बुझ्न खोज्दा खड्का तमोर लिफ्ट मात्र होईन पालिका भरीका जुनसुकै आयोजनामा पनि म यस क्षेत्रका आम- उपभोक्ताहरुको हित बिपरित कामगर्ने कसैलाइ छाड्दिन त्यो मेरो कर्तव्य हो मेरो कर्तव्यबाट अलिकति पनि बिचलित हुदिन यो मेरो प्रतिबद्धता हो” भन्नुभयो।
तमोर लिफ्टिङ खानेपानी आयोजनाको फिल्टर पलान्टको सपोर्ट मेसिनरी वालको मेसिनरी वालको काम गुणस्तरही न भएको व्यापक जनगुनासो आएपछि बुधबार कुम्मायक गाउँपालिकाका उपाध्यक्ष एबम योजना अनुगमन समितिका संयोजक महेन्द्रबहादुर खडका सहितको टोलिले स्थलगत अनुगमन गरेको‚ निर्माण स्थल पुगि, निर्माण कार्यको अनुगमन गर्दा बिगतमा समेत उक्त स्थानमा मेसिनरी वाल भएको र उक्त वाल लामो झरिका कारण लडेको स्थानीयहरुको भनाइ रहेको र सो प्लान्टको निर्माण कार्यमा चरम लापर्बाही देखिए पछि तत्काल काम रोक्न निर्देशन दिएको खड्काले जानकारी दिएका छन ।
उपाध्यक्ष खड्काको भन्छन– ‘जनस्तरबाट आएको जनगुनासो सत्य साबित भयो, निर्माण कार्य गुणस्तर हिन रहेको हुनाले तत्काल निर्माण कार्य अघि नबढाउन निर्देशन गरेको छु।’ पुरानो वाल लडेपछि पुनः संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यलय इलामले उक्त फिल्टर पलान्ट ट्याङकी संरक्षण गर्ने योजना अनुसार निर्माण कार्य अगाडि बढाइएको तर निर्माण कार्यमा लापरबाही भएको जनगुनासो आएपछि स्थलगत अनुगमन गरिएको उपाध्यक्ष महेन्द्र बहादुर खड्काले बताए । खानेपानी कार्यालयले भन्दा पनि यहाँ कोहि अर्को समुहले काम गरिरहेको छ कि भन्ने कुरा अनुमान गरिरहेकोले केही कुराको राम्रो अनुसन्धान प्रकृया अघि बढाईने समेत उपाध्यक्ष खड्काले बताउनु भयो।
उहाँले भन्नू भयो ‘यो विषयलाई तत्काल सम्बन्धि कार्यालयलाई जानकारी गर्ने र निर्माण कार्य पुन गर्न लगाउनु पर्छ, कुम्मायक गाउँपालिकाको प्राणको रुपमा रहेको आयोजनामा यस्तो लापरबाही यो सहन लायक छैन ।’
यता तमोर लिफ्ट खानेपानी आयोजना समिति भने यो आयोजनाको जिम्मा समितिलाई दिइ नसकेको र यो आयोजना सङ्घिय खानेपानी कार्यलयले नै हेरि रहेको भनी जिम्मेवारीबाट पन्छिन खोजी रहको छ । भोली आयोजना आफ्नै जिम्मामा आउने सुनिश्चतता हुँदा हुँदै आयोजनका बाँकी कामबाट उम्किएर ठेकेदारको बचाउन गर्न नहुने धारणा आम उपभोक्ताहरुको रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस