नेकपा माओबादी केन्द्र भक्तपुर नगर कमिटीले भाद्र १६ गते स्थानीय कला संस्कृति जगेर्ना गर्ने उदेश्यले ‘‘ घिन्तांग घिसि ” कार्यक्रमको आयोजना गर्ने भएको छ l
नेकपा माओबादी केन्द्रले भाद्र १६ गते देशभरि स्थानीय निकायको एउटा वडामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को उद्घाटन कार्यक्रम गर्ने भएका छन् l भक्तपुर नगरमा पनि उद्घाटन पश्चात गाइजात्राको अवसरमा स्थानीय कला संस्कृति जगेर्ना गर्ने उदेश्यले ‘‘ घिन्तांग घिसि ” कार्यक्रमको आयोजना गर्न लागेको कार्यक्रम संयोजक श्रीराम सुवालले बताए l ‘‘घिन्तांग घिसि ” कार्यक्रमका संयोजक सुवालले अहिले हाम्रो पार्टीले भाद्र १६ देखि मङ्सिर १५ गते सम्म तिन महिना ” घर घरमा माओबादी ,जनजनमा माओबादी” नाराका साथ देशभरिका जनताहरुसित जोडिन हरेक नेपालीहरुको घर दैलोमा गइ जनभेटघाट तथा अन्तरक्रिया पनि संचालन गर्न लागेको बताए l
भक्तपुरमा हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म सात दिन गाईजात्रा पर्व मनाउने गरिन्छ l भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको ” घिन्तांग घिसि ” नाच रहेकोले हामीले यो‘‘घिन्तांग घिसि ” कार्यक्रमको आयोजना गर्न लागेको नेकपा माओबादी केन्द्र भक्तपुर नगर कमिटीका अध्यक्ष राकेश सुवालले बताए l हाम्रो यो ” घिन्तांग घिसि ” कार्यक्रममा पार्टीका केन्द्रिय ,प्रदेश तथा जिल्लाका नेताहरु तथा कार्यकर्ताहरु सहभागी हुने बताए l
कार्यक्रम – ‘‘ घिन्तांग घिसि ” कार्यक्रम
आयोजक – नेकपा ( माओबादी केन्द्र ) , भक्तपुर नगर कमिटि
स्थान – लिवाली -८ , भक्तपुर
समय – दिउसो १२:३० बजे
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस