काठमाडौ-आगामी भाद्र १६ गते बिहान ९:०० काठमाडौं राष्ट्रिय सभा गृहबाट देशका सबै वडामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले एकैसाथ उद्घाटन हुने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको तयारीमा देशभरीका माओवादीका माओवादी संगठन ब्यस्त रहेका छन ।
यसै अभियान मार्फत ७४ जिल्लाबाट काठमाडौ उपत्यकामा रहेका माओवादी कार्यकर्ता उपत्यकाका घरघर र कोठाकोठामा पुग्ने करिव ३ हजारमाथि कार्यकर्ता ३ महिनासम्म दिनहुँ परिचालन हुनेछन् !
बागमति प्रदेश समिति,उपत्यका विशेष प्रदेश समिति र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त रुपमा संचालन हुने उपत्यका केन्द्रित अभियानका लागि सम्पर्क समन्वय अन्तर्गत रहेका २० जना केन्द्रीय सदस्य मध्ये १८ जना केन्द्रीय सदस्यको कमाण्डमा १८ वटा वडाको जिम्मा तोकिएको छ भने सिँगो बागमति प्रदेशको नेतृत्व उपमहासचिव एवं संगठन बिभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले गर्नेछन ।
यसैक्रममा बुध्दनगर स्थित एक पार्टी प्यालेसमा सम्पर्क समन्वय प्रदेश समितिका ईञ्चार्ज गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा सो कमिटीको छैठौं पूर्ण बिस्तारित बैठक बस्यो ।
प्र.म.एवं पार्टी अध्यक्ष क.प्रचण्डको प्रमुख आतिथ्यता रहने भनिएको भएतापनि अन्तिम समयमा स्वास्थ्यमा आएको समस्याका कारण प्र.म. उपस्थित हुन नसक्ने जानकारी आएको बताईएको थियो ।
कार्ययोजना र कार्य क्षेत्र वाँडफाँडमा केन्द्रीत रहेको सो बिस्तारित बैठकले ७ वटै प्रदेश सम्पर्क समितिमा ५ सदस्यीय अभियान कार्यलय टिम र जिल्ला सदस्यसम्मको परिचालन हुने टिम निर्माण गरेको अध्यक्ष श्रीकृष्ण अधिकारी बिबेकले घोषणा गर्नु भयो । अभियान अन्तर्गत खटिने टोलिलाई पार्टीको कार्यदिशा समाजवाद स्थापनाको लक्ष्यमा पुग्न पछिल्लो समयमा माओवादी आन्दोलन र माओबादी पार्टीलाई बदनाम गर्ने गरि छरिएका भ्रमजाललाई चिर्ने,जनताका गुनासा,आलोचना र सुझाव संकलन गर्ने र सरकारले गरेका राम्रा कामको जनतामा प्रचार गर्ने,भूगोलमा पार्टी संगठन निर्माण गर्ने,मातृ भूगोलसँग भावनात्मक सहयोगात्मक सम्वन्धलाई सुदृढ बनाउने,र आफ्नो संगठनलाई सुदृढ बनाउने जिम्मेवारी दिईएको ईञ्चार्ज गिरिजाराजमणी पोखरेलले जानकारी दिनु भयो ।
सडकमा माओवादीको उपस्थिति देखाउने संगठन र मातृभूगोलले उपयोग गर्ने संगठनको रुपमा मात्र नभएर अधिकार सम्पन्न पार्टी कमिटीको रुपमा अभियान मार्फत स्थापित हुनु पर्ने आवश्यकता रहेको सो अवसरमा ईञ्चार्ज पोखरेल र पूर्व अध्यक्ष एवं केन्दीय स्थायी समिति सदस्य सत्या पहाडीले निर्देशनात्मक धारणा राख्नु भएको थियो ।
सोही कार्यक्रममा २ वर्षसम्म कोशी प्रदेश ईञ्चार्जको जिम्मेवारीमा रहेर अभियान मार्फत भोजपुर जिल्ला समन्वयको ईञ्चार्जको जिम्मेवारीमा वहन गर्न जान लाग्नु भएका केन्द्रीय सदस्य शिबबहादुर बस्नेतलाई बिदाई गरिएको थियो भने कोशि प्रदेश समन्वय समितिको ईञ्चार्जमा केन्द्रीय सदस्य करुणा ढुंगेल बस्नेतलाई जिम्मेवारी दिईएको घोषणा गरिएको थियो ।
यसैबीच,सम्पर्क समन्वय समितिको मुखपत्र मेचीकाली आवाजको नवौं अंक अभियान विशेष अंकका रुपमा आगामी कार्तिक मसान्तसम्ममा प्रकाशन गर्ने गरि तयारीमा लाग्न सम्पर्क समन्वय केन्द्रीय प्रचार तथा प्रकाशन बिभागलाई निर्देशन दिईएको छ ।
उपत्यकमा रहेको शून्य संगठनलाई उठाउन अभियान मार्फत उर्जा थपिएको तर त्यसका लागि नेतृत्वमा आएको सांस्कृतिक बिचलन र सुविधाभोगी प्रवृत्तिमा रुपान्तरण हुनु पर्नेमा बैठकमा सहभागिहरुले जोड दिएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस