वि.सं.२०८० साल भदाै ४ गते । साेमवार । ईश्वी सन् २०२३ अगस्ट २१ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन् । साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग रमाइलाे भेटघाट हुनेछ । रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ । द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ । साँझतिर पुरानाे समस्याले अलमल्याउन सक्छ । व्यवसायिक काममा केही खर्च लाग्न सक्छ । परिस्थितिवश काम राेकिन सक्छ । वादविवादमा अघि नसर्नुहाेला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बौद्धिक कलाको प्रभाव बढ्नेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् । तर हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिएला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । तर आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला । प्रक्रिया नमिल्नाले पनि काम दाेहाेर्याउनुपर्ला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भाैतिक स्रोत-साधन प्राप्त हुनेछन् । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । साँझतिर भने सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सानो प्रयत्नले फाइदा उठाउन सकिनेछ । इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । साँझतिर भने विवादास्पद काममा अलमलिनुपर्ला । पहिलेका समस्या दोहोरिनेछन् र खर्च बढ्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । परिस्थिति अनुकूल नभई नयाँ काम नथाल्नुहाेला ।सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पेसा-व्यवसायमा मनग्य फाइदा हुनेछ । भाैतिक साधनहरू प्राप्त हुनेछन् । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट तथा कामविशेषले रकम बाहिरिन सक्छ । परिस्थितिजन्य समस्याले दु:ख पाइनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कर्मयोगले आम्दानी समेत बढाउनेछ । मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
तापिन आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । बुद्धिको उपयोगले काम सम्पादन हुनेछ । तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन् । ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । पछि फाइदा हुने काम गर्न सकिनेछ । स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आतिथ्यपूर्ण सत्कार पाइने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । साँझतिर स्वास्थ्यमा कमजोर रहनेछ । आफ्नै वचनबद्धता पालना गर्न नसकिएला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला ।अरूका काममा समय बित्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस