वि.सं.२०८० साल भदाै २ गते । शनिवार । ईश्वी सन् २०२३ अगस्ट १९ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ । शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ । समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । हल्लाको पछि लाग्दा दु:ख पाइनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । आँटेको काम सजिलै सम्पादन हुनेछ । अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ । पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । रोकिएका काम पनि सम्पादन हुनेछन् । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने छ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ । असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ । बिछोडिएका आफन्तजन भेटिनेछन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला । छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला । बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नाले नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ । पेसा-व्यवसायमा आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लगनशीलताले उपलब्धि दिलाउनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ । तापनि, अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
घरेलु समस्यामा अल्झनुपरे पनि व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । प्रियजनको साथले नयाँ आशा जगाउनेछ । थाेरै उपलब्धि प्राप्त भए पनि त्यसमा चित्त बुझाउन नसकिएला । प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ला । केही विवादास्पद जिम्मेवारी पनि आउन सक्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस