वि.सं.२०८० साल साउन ३२ गते । बिहीवार । ईश्वी सन् २०२३ अगस्ट १७ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ । श्रम परे पनि धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । दिगो काम प्रारम्भ हुनेछ । अध्ययनतर्फ ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अग्रजहरूको सहयोगले दिगो काम प्रारम्भ गर्न सकिनेछ । तर करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सहयोगीहरूले काममा साथ दिनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । सभा–समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ । मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । पठन–पाठनमा प्रगति हुनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन् । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । तर अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ । पछिल्लाे समयका लागि केही वस्तु त्याग्नुपर्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । दैनिक आवश्यकता पूरा हुनेछन् र मिहिनेतको फल प्राप्त हुनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । तर ठूलो भागको आशा राख्दा काम बिग्रनेछ । आफ्नो मिहिनेतको फाइदा अरूले उठाउनेछन् । आर्थिक लेनदेनमा सजग रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मिहिनेतले राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । आफ्ना काममा अरूको मुख ताक्नाले पछि परिनेछ । उचित मूल्यांकन भए पनि मिहिनेतको प्रतिफल हातपार्न केही समय लाग्नेछ । महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ । लगनशीलताले बिस्तारै उद्देश्यमा पुर्याउन सक्छ । चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ । तर समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । काममा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ । सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
गृहस्थीहरूकाे जीवनयात्रा रमाइलो रहनेछ । आफन्तहरूको साथले आशा जगाउनेछ । व्यापारमा लाभ लिने समय छ । व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्ने समय छ । मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । वैधानिक प्रावधानले आँटेकाे काम गर्न बाधा पर्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । काममा सोचेको फाइदा उठाउन नसकिएला । प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान् । चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस