सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि कालिकोटमा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले बम विस्फोट गराएको छ। गृह जिल्लाको भ्रमण र योजनाहरुको अनुगमनमाका लागि कालिकोट पुगेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी बिहीबार पुन: बम विस्फोट गराइएको हो।
यसअघि बुधबार पनि सोही समूहले मुख्यमन्त्रीलाई लक्षित गरी बम बिस्फोट गराएको थियो।
बिहीबारको बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन।
कोटिलागाउँबाट रास्कोटको कार्यक्रम स्थलतर्फ जाँदै गर्दा बिहान करिब दश बजेतिर रास्कोटमा दुई वटा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माका अनुसार रास्कोटको कृषि जेटिए कलेज नजिकै बम विस्फोट गराइएको हो। ‘बम पड्किएको सुनियो, म पनि मुख्यमन्त्रीसँगै छु।’, डिएसपी शर्माले भने, ‘आक्रमण भन्दा पनि टाढैबाट तर्साउन खोजेका होलान।’
उनका अनुसार विप्लव समूहले मुख्यमन्त्री शाही र प्रदेशसभा सदस्य कुर्मराज शाहीलाई लक्षित गरी बम विस्फोट गराएको हो।
यस्तै कालिकोटमा हिजो (बुधबार) पनि विप्लव समूहले मुख्यमन्त्री शाहीलाई नै लक्षित गरी बम विस्फोट गराएको थियो। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ। कालिकोट विप्लव प्रभावित क्षेत्र मानिन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस