वि.सं.२०८० साल साउन १७ गते । बुधवार । ईश्वी सन् २०२३ अगस्ट २ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । मिहिनेतको फल प्राप्त हुनेछ । साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । भौतिक साधनहरू प्राप्त हुनेछन् ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
परिबन्धले व्याहारिक समस्या निम्त्याउन सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । पठनपाठनमा धेरै समय दिन नसकिएला । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार बढ्नेछ । यात्राकाे अवसर जुट्नुका साथै अतिथिका रूपमा सत्कार प्राप्त हुने छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय छ । वादविवादले काममा समस्या निम्त्याउन सक्छ । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ । शुभचिन्तकको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ । बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । अरूको विश्वास गर्दा काम रोकिन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ । विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ । मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
केही समस्या देखिए पनि मिहिनेत गर्दा काम सम्पादन हुनेछ । साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ । हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग पनि सावधान रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ । कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ । तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बिछोडिएका आफन्तसँग भेटघाट होला । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ । काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामकाे सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आयस्रोत सबल हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ। आवश्यक भौतिक साधन जुट्नेछन् । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस