काठमाडौं- राती १२ बजेदेखि लागू हुने गरि नेपाल आयल निगमले आज पेट्रोल, मट्टीतेल र डिजेलको मूल्य बढाएको छ । एलपी ग्याँसको मूल्य भने घटाएको छ ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ र मट्टीतेल तथा डिजेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर १७३ तथा मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेकाे छ। हाल पेट्रोलको मूल्य प्रतिलिटर १६४ र मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ रहेको छ ।
निगमले खाना पकाउने एल्पी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १३० रुपैयाँ घटेको जानकारी दिएको छ । १७९० रुपैयाँ पर्दै आएको ग्यास अब १६६० मा झरेको छ । यता हवाई इन्धनको मूल्य भने यथावत छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले स्वचालित मूल्य अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीका आधारमा राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरिएको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस