वि.सं.२०८० साल साउन १६ गते । मंगलवार । ईश्वी सन् २०२३ अगस्ट १ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दैनिक काममा फाइदा हुनेछ । व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ । नयाँ काममा जग बसाउने समय छ । कामकाे सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आस मारेकाे काम समेत सम्पादन हुनेछ । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ । दिगाे काममा जग बसाउने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । आस मारेको फल पुन: प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । सहयोगीहरूले काममा तत्परता देखाउन सक्छन् । स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । कठिन चुनौती सामना गर्नुपर्ला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार-व्यवसायमा भने सोचेको लाभ नमिल्न सक्छ । यात्रामा केही समस्या आउलान् । अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मित्रताका हात अघि बढाउनेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । विज्ञको मार्गदर्शन पाइनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । लगनशीलताले परिस्थितिलाई बदल्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामले नाम र दाम दिलाउनेछ । विशेष योजना सार्वजनिक नगर्नुहोला । मिहिनेतले काम पूरा हुन सक्छ ।मान्यजनको मार्गदर्शन अनुचित लाग्न सक्छ । कमजोर विकल्प अँगाल्नाले कुनै अवसर गुम्न सक्छ । व्यापार लगायत आर्थिक काममा मन्दी आउन सक्छ । तर आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा मनग्य लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ । मान-सम्मान पनि प्राप्त हुनेछ । काममा साथ दिनेहरू बढ्नेछन् । नयाँ कामको प्रस्ताव आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ ।
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ । खर्च लागे पनि काम सम्पादन गर्न सकिनेछ । खर्चिलाे कामले अर्थ अभावको स्थिति रहनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ । आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । केही लाभांश अरूका लागि पनि खर्चनुपर्ने देखिन्छ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस