वि.सं.२०८० साल साउन ९ गते । मंगलवार । ईश्वी सन् २०२३ जुलाई २५ तारिख ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ । यात्राका क्रममा अतिथिका रूपमा सत्कार पाइनेछ। दिन रमाइलाे रहनेछ । साथीभाइसँग रमाइलाे भेट हुनेछ । प्रेम र मित्रताकाे बन्धन कसिनेछ । नयाँ कामकाे याेजना बन्न सक्छ । स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ । भौतिक साधनले काममा सहजता ल्याउनेछ । व्यापार बढ्नाले मनग्य लाभ हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रतिस्पर्धामा उत्रनुपर्ने समय छ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । प्रतिस्पर्धी बढ्नाले काममा चुनौती थपिनेछ । बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । राेकिएकाे कामले गति लिनेछ ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ काम थाल्न केही समय पर्खनु बुद्धिमानी हुनेछ । व्यक्तिगत तथा पारिवारिक काममा समय बित्नेछ । विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ । बेसुरमा दिइएको वचनले आफैंलाई अप्ठ्यारो पर्न सक्छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । आफन्तकाे भरपर्दा काम बिग्रन सक्छ, दिगो योजनामा सहयाेगी चयन गर्न राम्ररी साेचविचार गर्नुहाेला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । व्यवसायमा मनग्य लाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । बोलीको समेत गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्यमा पेटकाे समस्याले सताउन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
दिगो काम थाल्न समयले साथ दिनेछ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अपिरिचित व्यक्तिले समेत साथ दिनेछन् ।बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला । सरसापटमा गएको रकम भने फिर्ता हुनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
चुनौती पन्छाउँदै रोकिएका काम गर्नुपर्ने समय छ । खर्च लागे पनि उपलब्धि हातलागी नहुन सक्छ । आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला । अवसरका लागि आफन्त र परिवारबाट टाढिनुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ । स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला । अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ । मिहिनेत गर्दा काम प्रारम्भ हुनेछ । तर प्रशस्त दाम भने हातलागी नहुन सक्छ । सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ । तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रोकिएको कामले पनि निकास पाउनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ ।मिहिनेत परे पनि कामकाे जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । पहिले प्रतिस्पर्धा गर्नेहरू स्वत: पछि हट्नेछन् । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कामको चाप पनि बढ्न सक्छ ।खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । गोपनीयता बाहिरिनाले समस्या आइपर्ला। आम्दानी रोकिनाले केही योजना पनि राेकिन सक्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस