काठमाडाैं-सम्झौताअनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका अन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थ्यो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ।
२०७४ असार २८ गते सो निर्माण कम्पनीले १२ करोड ४५ लाख ४० हजार ९४२ रुपैयाँमा २०७६ असार मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो।
सम्पन्न गर्ने समयसम्म २१ प्रतिशत मात्रै भौतिक प्रगति गरेको कम्पनीलाई सडक डिभिजन कार्यालय चौरजहारी (रुकुम पश्चिम) ले एक वर्ष म्याद थपेको छ।
देश मन्त्रालय मातहत आउनुअघि यो सडक डिभिजन सडक कार्यालय सुर्खेतको कार्यक्षेत्रभित्र थियो। उतिबेलै समयमै काम सम्पन्न गर्न डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई तीनपटक पत्र काट्यो। निर्माण कम्पनीले कुनै पनि पत्रको जवाफ दिएन्।
‘उतिबेला निर्माण कम्पनीबाट एउटै पत्रको पनि जवाफ आएन्,’ डिभिजन सडक कार्यालयका एक कर्मचारीले भने, ‘अहिले प्रदेश मातहत गएपछि झन् डामाडोल भएको सुनेका छौं। ’
अहिले धेरैजसो सडक आयोजना प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत छन्। सुवाघाट–टुँडीखेल सडकको जिम्मा पाएको लुम्बिनी/एमके/लोहनी जेभीका सञ्चालक प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री हुन्।
सुर्खेतमा उक्त सडकसहित मन्त्री खत्री सञ्चालक रहेको निर्माण कम्पनीले चारवटा सडकको ठेक्का पाएको छ। सो कम्पनीले ठेक्का लिएका कुनै पनि सडकको काम सन्तोषजनक छैन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस