सर्लाही- नेकपा एमालेको सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष तुलसीप्रसाद हुमागाईंले एमाले परित्याग गरेको बताएका छन् ।
शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उनले एमालेको साधारण सदस्य समेत नरहनेगरीसर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनाम दिएको जानकारी दिएका छन् ।
पार्टी निर्णयविपरीत केन्द्रीय अध्यक्ष केपी शर्मा ओली हिँडेको, चुनावी तालमेल गरेको, राजनीतिक व्यवस्थाविरोधी राजनीतिक शक्तिसँग गठबन्धन गरेको लगायतका कारण देखाएर उनले एमाले परित्याग गरेका हुन् ।
एमाले परित्यागसम्बन्धी हुमागाईंको प्रेस वक्तव्य :
म तुलसी प्रसाद हुमागाईं, नेकपा एमालेको सर्लाही जिल्ला कमिटीको सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनी गरेको निर्णय उल्टाउदै गैर वैचारिक धरातलका दलहरुसँग गठबन्धन गरिएको सर्वविदितै छ । नाकाबन्दी को बिरोध गरेर राष्ट्रबादी छवि बनाएको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीको नाइके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिने कार्य गरेको छ । अर्कोतर्फ देशमा राजसंस्था पुनः स्थापना गर्ने संघीयता खारेज गर्ने जस्ता जनविरोधि एजेण्डाहरु प्रधानताका साथ अगाडि बढाएको पार्टी राप्रपासँग एमालेले जनबिरोधी गठबन्धन गरेको छ । पछिल्लो समय हुँदै आएको देश र जनताको अहितका गतिविधिहरु प्रति मेरो निरन्तर फरक मत एवम् आपत्ति रहँदै आएको छ । तर, पार्टी भित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षमा हाम्रो बोलीलाई निरन्तर दबाउने कार्य हुदै आएको छ । यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिप्रेक्ष्यमा नेकपा एमालेले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ससहित नेकपा एमालेको साधरण सदस्य समेत नरहनेगरी म सर्लाही जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं. ३ को ’क’ को अध्यक्ष लगाएत सम्पूर्ण जिम्मेवारीबाट राजिनाम दिएको जानकारी गराउँछु ।
तुलसीप्रसाद हुमागाईं
२०७४/०८/०२
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस