काठमाडौँ-आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न निकायले आफु खुशी बिदा घोषणा गरेका छन् ।
सरकारले मतदान स्थल रहेका शिक्षण संस्था र विद्यालयमा मङ्सिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । त्यस्तै सरकारी कार्यालयलाई भने मङ्सिर ४ गते र ५ गते मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयले मातहतका क्याम्पसमा मङ्सिर १ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको सूचनामा विश्वविद्यालयका अधिकांश क्याम्पस र कार्यालयमा निर्वाचनको केन्द्र/कार्यालय र मतगणना स्थलसमेत राखिएको भन्दै मङ्सिर ५ गतेसम्म बिदा दिने निर्णय भएको महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।
काठमाडौँ विश्वविद्यालयले भने मङ्सिर ४ र ५ गते मात्र बिदा दिने निर्णय गरेको छ भने त्यसअन्तर्गतको स्कुल अफ एजुकेसनले २ गतेदेखि नै बिदा दिने निर्णय गरेको छ । उपत्यकाका कतिपय नगरपालिकाले मङ्सिर २ गतेदेखि नै बिदा दिने घोषणा गरेका छन् ।
महानगरपालिकाका अधिकांश कर्मचारी निर्वाचनमा खटिएका कारण शुक्रबार नै सेवा बन्द गर्नुपरेको ललितपुर महानगरपालिकाले जनाएको छ ।
भक्तपुर नगरपालिकाले भने सरकारले तोकेअनुसार नै बिदा दिने निर्णय गरेको छ । नगरपालिकाबाट प्रवाह हुँदै आएको सेवा शुक्रबारसम्म नै यथावत् रूपमा सुचारु हुने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले पनि मङ्सिर ४ र ५ गते मात्र कार्यालयको नियमित काम रोकिने जनाएको छ । निर्वाचनका लागि खटिएका महानगरपालिकाका कर्मचारी शुक्रबारदेखि नै त्यसतर्फ जाने भए पनि अन्य कर्मचारीबाट भने नियमित सेवा प्रवाह हुने महानगरपालिकाकाले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस