काठमाडाैँ- पश्चिम नेपालमा सन १५०५ मा विनासकारी भुकम्प गएको थियो । अहिले सन २०२२ सकिदै छ । झण्डै सात सय वर्ष भयो, यो ठाँउमा विनाशकारी भुकम्प गएका छैनन् ।
मुख्य दरारमा प्रत्येक वर्ष भारतिय प्लेट दुई सेन्टिमिटरका दरले भित्र छिर्ने गर्छ । जसले गर्दा एक सय वर्षमा दुई मिटर भित्र छिर्छ । सात सय वर्षमा जम्मा १४ मिटर भित्र अड्केर बसेको भुकम्पविद एवं त्रिभुवन विश्व विद्यालयका प्रा.डा. दिपक चम्लागाईको भनाई छ ।
त्यो १४ मिटर जुनसुकै बेला सर्न सक्ने भएकाले भुकम्प जाने सम्भावना रहेको चम्लागाईको भनाई छ । ‘त्यो १४ मिटर सर्न बाँकी दरार भनेको जोखिमयुक्त हो । त्यो सर्दा पश्चिम नेपालमा विनासकारी भुकम्प जान सक्छ ।’
विगतमा गएका भुकम्पको तथ्यांकलाई हेर्दा कुनै पनि ठाँउ बिषेशमा एक पटक भुकम्प गईसके पछि त्यही ठाँउमा अर्काे भुकम्प जानलाई लगभग सात सय वर्ष सम्म लाग्ने उनको भनाई छ । मध्यमखालका र अझ त्यो भन्दा ठूलो भूकम्प जान नौ सय वर्ष लाग्ने उनले बताए ।
भुकम्पको केन्द्रबिन्दु यही ठाँउमा भनेर इंगित गर्न नसकिने तर समग्र पश्चिम नेपालमा जुनसुकै ठाँउमा पनि केन्द्रबिन्दु बनाएर ठूलो भुकम्प जानसक्ने उनको भनाई छ । ‘दरार भनेको पूर्व हिमालय देखि पश्चिम हिमालय सबै ठाँउमा छ । यो दरार चुरेको अग्रभागमा निस्कन्छ ।’ उनले भने ।
जोखिम व्यवस्थापन गर्न मुख्यतया पूर्व तयारी गर्नुपर्ने उनको भनाई छ । पूर्व तयारीमा पनि पहिलो कुरो जनचेतनाका कुरा धेरै गर्नुपर्ने उनको भनाई छ । बेलैमा भुकम्प प्रतिरोधी घर बनाउनु पर्ने उनको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस