काठमाडाैँ- आगामी मङ्सिर ४ गते सार्बजनिक यातायात बन्द हुने निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका दिन सार्बजनिक यातायात बन्द भए पनि आवश्यक क्षेत्रका सवारी साधन भने संचालन हुने आयोगले जनाएको छ।
आयोगका अनुसार बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन
दूध बोक्ने सवारी साधन संचालनमा हुनेछन।
त्यसैगरी सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनदूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन पनि चलन पाउनेछन।
आयोगले जारि गरेको पत्र अनुसार अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन
तरकारी, फलफूल तथा विद्युत सेवका लागि प्रयोग हुने सवारी साधन र कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधनलाई पनि संचालन हुने जनाइएको छ।
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन
आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन संचालन गर्न सकिने आयोगको भनाइ छ।
आयोगका अनुसार उल्लेखित सवारी साधन संचालन गर्दा अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको तर त्यस्ता सवारी साधनहरू मतदाता ओसारपसार गर्ने कार्यमा प्रयोग गर्न पाइने छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस