दाङ-सहरी विकास मन्त्री मेटमणि चौधरीले संविधान पार्टी भन्दा कयौँ गुणा ठुलो रहेको धारणा व्यक्त गरेका छन् ।
सत्ता गठबन्धनले विहिबार आयोजना गरेको राप्ती गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चाधरीले भने, ‘नयाँ संविधान बनाउन कुनै भूमिका नखेलेकाहरुलाई अथवा संविधानै चाहिन्न भन्नेहरुलाई त यी सबै उपलब्धिहरु सामान्य लाग्लान् तर हिजो हाम्रा अग्रजहरु, शहिदहरु र स्वयम् हामी सहभागी भएर लडेर ल्याएको यो ब्यबस्था, यो संविधान चानचुने संघर्षबाट प्राप्त भएको होइन ।’
नयाँ संविधानले समाजका सबैखाले वर्ग, तह र तप्काका जनताका मुद्दा सम्बोधन गरेको बताउँदै मन्त्री चौधरीले तत्कालीन प्रधानमन्त्री केपी ओलीले जनमतको अपमान गरेको बताए ।
‘एक जना सन्की, एक जना मूर्ख शासकको हातमा मुलुक पुग्दा सबै बर्बाद भयो । साराका सारा उपलब्धिहरु गुम्ने खतरा पैदा भयो । र एक जना जननिर्वाचित सांसद हुनुको नाताले हामीले संविधान पार्टी भन्दा कैयौँ गुणा ठुलो कुरा हो भन्ने महसुस गर्याैँ । त्यसैकारण जोखिम मोल्न हामीहरु तयार भयौँ ।’ मन्त्री चौधरीको भनाई थियो ।
सत्ता गठबन्धन दलका कार्यकर्ताहरुलाई प्रदेश मन्त्री इन्द्रजित थारु, समानुपातिक उम्मेदवार शुशिला चौधरी, वुद्धिजिवि देव नारायण चौधरी लगायतले सक्रियतापूर्वक चुनावी माहोल निर्माणमा लाग्न निर्देशन दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस