काठमाडौ-निर्वाचन आयोगले टिकटक प्रतियोगिता गर्ने भएको छ। आयोगले तोकेको नियम अनुसार बनाइने उत्कृष्ठ टिकटकलाई ५० हजार रुपैया दिने भएको हो।
आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन प्रचार प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षा जस्ता विषयमा आधारित रही १ मिनेटसम्मको टिकटक भिडियो बनाउनुपर्ने छ।
कात्तिक ५ गतेदेखि कात्तिक १५ गतेसम्म आफुले बनाएको टिकटक आयोगको इमेल पठाउनु पर्नेछ। प्राप्तमध्ये उत्कृष्ट ५ भिडियोलाई आयोगको तर्फबाट जनही ५० हजारका दरले पुरस्कृत गरिनेछ ।
नियमहरु
– भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लक्षित हुनुपर्नेछ ।
– भिडियो संवादमूलक, सन्देशमूलक हुनु पर्नेछ । आफ्नै मौलिक अडियो र अभिनय भएको भिडियोलाई प्राथमिकता दिइनेछ ।
-भिडियो प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदाता जागरण ाहुने खालका विषयवस्तुहरूमा आधारित हुनुपर्नेछ ।
– निर्वाचनको सामान्य जानकारी, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, निर्वाचन आचारसंहिताको पालना, मतदाताको अधिकार र कर्तव्य, मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने जानकारी लगायत निर्वाचन सम्बन्धी विषयमा आधारित भएर छुट्टाछुट्टै भिडियो बनाउन सकिनेछ ।
-कुनै एक व्यक्तिले एउटा विषयमा पाँचवटा सम्म भिडियो पठाउन सकिने छ । साथै दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भएर निर्माण गरिएको पाँचवटा सम्म भिडियो स्वीकार गरिनेछ ।
-प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ । भिडियो सन्देश आयोगले सामाजिक सञ्जाल लगायत डिजिटल माध्यबाट प्रचार प्रसार र प्रशारणको निम्ति उपयोग गर्नेछ ।
-तोकिएका शर्तहरूको पालना नभएका र म्याद नाघी प्राप्त भएका भिडियोहरू स्वीकार गरिने छैन ।
– उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगका अधिकारी रहेको समितिबाट
गरिनेछ ।
-उत्कृष्ट भिडियोहरू मध्ये छनोट समितिको सिफारिसमा रु.५०,०००।– (पचास हजार) पुरस्कार र प्रशंसापत्र प्रदान गरिनेछ ।
– भिडियो २० सेकेण्ड देखि १ मिनेट सम्मको भएमा मात्र मूल्यांकनमा समावेश गरिनेछ ।
-आयोगले तयार गरेका निर्वाचन सम्बन्धी भिडियोहरूमा पनि टिकटिक निर्माण गर्न
सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस