मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो सातमा सामाजिक कामको दायित्व बढ्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । सामान हराउने योग पनि छ । साताको उत्तरार्धबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता भौतिक सुखमा बढोत्तरी हुनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । चुनौतीको सामना पनि गर्नुपर्ला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कुबेरजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो हप्ता मिश्रित फल मिल्नेछ । राजनीतिक कार्यमा विशेष सफलता मिल्नेछ । सुखसुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग पहेँलो वा हरियो हो । शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धार्मिक कार्य सफल रहनेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवाजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । पुराना साथीभाइसित भेटघाट हुनेछ । मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता आत्मिक सन्तुष्टि मिल्नेछ । शुभकार्यको चर्चा रहला । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । लुकेको प्रतिभाको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुखसुविधा भोग गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व कुबेरजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो साता नयाँ कमको थालनी पनि हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । वैदेशिक कार्य राम्रो हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो साता सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, अतः सचेत रहनुहोला । कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । प्रेम प्रस्ताव पनि आउन सक्छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा खरानी हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो साता धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता शुभकार्यको चर्चा चल्नेछ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै उत्साहपूर्ण यात्राको योग पनि देखिन्छ । दानपुण्यका कार्यमा सहभागी पनि भइनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सुन्तला रङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
ज्योतिष सम्बन्धि सम्पूर्ण सेवाका लागि
ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस